

महेन्द्रनगर । निजी तथा तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले ३४ औं स्थापना दिवसको अवसरमा समाज कल्याण बाल अञ्चल अनाथालयलाई सहयोग गरेको छ ।

प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी अनाथालयलाई ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा. चन्द र प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
प्याब्सनले स्थापना दिवसको अवसरमा बर्सेनी कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको अध्यक्षता प्याब्सन जिल्ला अध्यक्ष भट्टले गरेका थिए । प्याब्सन जिल्ला सचिव राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।
