ghar sansar

भीमदत्तले बल मिच्याई गरी विजेता घोषणा गरेको भन्दै सिद्धनाथ अमर मावि र पूर्णा मावि ऐरीले गरे राष्ट्रपति रनिङ्ग शिल्ड बहिस्कार

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १५ आंै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा नगर्ने खेलाडीहरुलाई स्वर्ण पदक दिएर विजेतता घोषणा गरेको भन्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यालयले शिल्ड बहिस्कार गरेका छन् ।

कबर्ड हलमा बुधबार साँझ प्रतियोगिता समापन कार्यक्रममा सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकी र पूर्णा माध्यमिक विद्यालयले दोस्रो र तेस्रो स्थानको रनिङ्ग शिल्ड बहिस्कार गरेका हुन् ।

,orning glory badhai

प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयलाई प्रथम, सिद्धनाथ अमर मावि गड्डाचौकी द्वितीय र पूर्णा माविलाई तृतीय घोषणा गरिएको थियो । त्यसमध्ये समापन कार्यक्रममा शिल्डका लागि मञ्चमा आमन्त्रण गरिएपछि गड्डाचौकी र ऐरी दुबैले शिल्ड बहिस्कार गरेका हुन् । ती दुबै विद्यालयका विद्यार्थी र शिक्षकले कार्यक्रममा नाराबाजी गरेका थिए ।

नाराबाजीपछि आयोजक भीमदत्त नगरपालिकाले सुरक्षाकर्मी परिचालन गरी प्रतियोगितामा बिजेता घोषित बैजनाथ माविलाई शिल्ड प्रदान गरेको थियो ।

dirghayi clinic

बैजनाथ माध्यमिक विद्यालयबाट प्रतियोगितामा सहभागी मार्शल आर्टस अन्र्तगतको उसु खेलमा प्रतिस्पर्धा नगरी १२ खेलाडी सबैलाई स्वर्ण दिएपछि विवाद भएको हो । विवादपछि दुबै विद्यालयले प्रतियोगिताको निर्णायक समिति(जुरी)मा निवदेन दिएका थिए । निवेदन सुनुवाई नगरी नगरपालिकाले एकलौटी रुपमा बैजनाथलाई विजेता घोषणा गरेपछि समापन कार्यक्रममा विवाद भएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र उप मेयर निलम लेखकको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरिएको थियो । उनीहरु दुबै जना विवाद अघि कार्यक्रम स्थलबाट बाहिरिएका थिए । विद्यार्थी र शिक्षकहरुले मेयर बोगटी र नगर खेलकूद समिति विरुद्ध नाराबाजी गरे ।

उसुका १२ सहित १९ स्वर्ण, ४ रजत र १ कास्य पाएको भन्दै बैजनाथलाई विजेता घोषणा गरिएको थियो । प्रतियोगितामा सिद्धनाथ अमर माविले १२ स्वर्ण ३ रजत र ९ कास्य तथा पूर्णा मावि ऐरीले १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेको छ ।

सिद्धनाथ अमर मावि गड्डाचौकीका खेल शिक्षक नितेश रावलले एकलौटी रुपमा बल मिच्याई गरी विजेता घोषणा गरिएपछि शिल्ड बहिस्कार गरिएको बताए ।

‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधिन २०८०÷०८ ÷११ को परिच्छेद १ नियम ९ प्रतियोगिता सञ्चालन प्रक्रियाको उपनियम ५ र ११ विपरीत रहेको छ । पाचौं संसोधन २०८०÷०८÷११ विपरीत घोषणा छ’ उनले भने,‘नगर खेलकुद समितिले जानकारी गराईदिन अनुरोध गर्दै विद्यालयहरुले सामूहिक निवेदन दिँदा समेत भीमदत्त नगर खेलकुद समितिले विद्यालयहरुलाई कुनै जवाफ नै नदिई उपनियम ११ विपरीत विजयी घोषणा गरिएकाले शिल्ड लिएका छैनौ ।’

Himal dental
सम्बन्धित
Loading...