ghar sansar

दोधारा चाँदनीमा खेलकूद विकासका लागि खेल प्रशिक्षक राख्छौ – मेयर लिम्बु

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले खेलकूद विकासका लागि खेल प्रशिक्षक राखिने बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै उनले नगरपालिकाले क्रिकेट र तेक्वान्दो खेलका प्रशिक्षक नियुक्त गरिने बताएका हुन् ।

,orning glory badhai

मेयर लिम्बुले नगरपालिकाले खेलकूद विकासका लागि नगर स्तरीय र नगर स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए ।

‘यो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विगतदेखि आयोजना गर्दैै आएका छौ, यो विगतको निरन्तरता हो, नगर खेलकूद समिति बनाएर खेलकूद विकासका लागि अघि बढेका छौ’ कार्यक्रममा उनले भने,‘यस नगरपालिकामा क्रिकेट, तेक्वान्दो लगायत खेलको राम्रो सम्भवना छ, त्यसका लागि प्रशिक्षक राखेर अघि बढ्छौ ।’

dirghayi clinic

कार्यक्रममा मेयर लिम्बुले खेलकूद विकास समितिका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको बताए । खेलकूद समितिलाई थप सक्रिय बनाएर अघि बढ्ने मेयर लिम्बुको भनाई थियो ।

दोधारा चाँदनी नगरपालिका २ स्थित खेल मैदानमा मेयर लिम्बुले प्रतियोगिता उद्घाटन गरे । उनले आय आय आर्जनको उद्देश्य सहित खेल मैदानमा प्याराफिट निर्माण भई रहेको जानकारी दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, नेकपा एमाले दोधारा चाँदनी इन्चार्ज गगन खत्री, दोधारा चाँदनी नगरपालिका २ का वडा अध्यक्ष पदम सिह रावल, दोधारा चाँदनी नगरपालिकाका निवर्तमान उप मेयर चिनी गिरी लगायतले शुभ कामना मन्तव्य राखे ।

नगर खेलकूद विकास समितिका अध्यक्ष दिवान चन्दको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन नगर खेलकूद समितिका सदस्य पदम बहादुर सिहले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...