ghar sansar

सुदूरपश्चिम सरकारको सार्वजनिक विदा अटेर गर्दै अधिकाँश निजी शिक्षण संस्था सञ्चालन

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते जिता पर्वका लागि दिएको सार्वजनिक बिदा दिन निजी क्षेत्रका शिक्षण संस्थाले अटेरी गरेका छन् ।

कञ्चनपुरमा अधिकाँश निजी शिक्षण संस्था सञ्चालनमा छन् । निजी क्षेत्रका केही शिक्षण संस्थाले प्रदेश सरकारको निर्णण् पालना गरी विद्यालय बन्द गरेका छन् ।

dirghayi clinic

थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बंगुर काटने (जिता)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ ।

Himal dental
सम्बन्धित
Loading...