ghar sansar

एमाले भागको कञ्चनपुर र बझाङ्गमा लागेन भूमि आयोग अध्यक्षको टुङ्गो

khasi

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोगले सुदूरपश्चिममा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यक्ष नियुक्त गरेको हो ।

dirghayi clinic

अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच भागबन्डा भएको छ । कैलालीमा यज्ञराज उपाध्याय, बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय र डडेल्धुरामा कैलासकुमार पाण्डेय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।

कञ्चनपुर र बझाङमा भागबण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुदूरपश्चिमका ७ सहित देशभरका ५६ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...