ghar sansar

५/६ रेक्टरको भूकम्पले पनि महेन्द्रनगर बजारका धेरै घर भत्किन सक्छन्– समन्वय प्रमुख बोहरा

khasi

महेन्द्रनगर । कञ्चनपुर समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले महेन्द्रनगर बजारका धेरै घरहरु भूकम्पीय जोििखममा भएको बताएका छन् । उनले ५÷६ रेक्टर स्केलको भूकम्पले बजारका धेरै घर भत्किन सक्ने बताएका हुन् ।

‘५÷६ रेक्टर स्केलको भूकम्प आए महेन्द्रनगर बजारका धेरै घर भत्किन सक्छन्’ १७ औं राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रशासन कार्यालयमा गरिएको कार्यक्रममा भने,‘बजारका केही घर तोड्नै पर्नेछ, नत्र त्यसै जोखिम छ ।’

राज्यका निकायले भूकम्पनी जोखिम न्यूनीकरणका लागि प्रभावकारी काम गर्न नसकेकोमा प्रमुख बोहराले असन्तुष्टि व्यक्त गरे । ‘राज्का निकाय त्यस्तै छन्, अहिले नाम नलिऔै’ उनले भने ।

dirghayi clinic

जोखिमबाट बच्न २४ सै घण्टा सचेत हुनु पर्ने उल्लेख गर्दैै त्यसका लागि पूर्व तयारी आवश्यक भएको बोहराको भनाई थियो ।

द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्र्तगत भूकम्प दिवसको अवसर पारी प्रशासन कार्यालयमा समसायिक विषयमा संवाद कार्यक्रम गरेको हो । समन्वय प्रमुख बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा उनले विद्यार्थी संख्या बढी भएका विद्यालयहरुलाई भूकम्प दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न आफूले आग्रह गरेको बताए ।

केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, प्रहरी उपरीक्षक चक्रराज जोशी लगायतले आफ्नो धारणा राखे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भूकम्पीय जोखिम र सावधानी सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गरे ।

Himal dental
सम्बन्धित
Loading...