ghar sansar

बेदकोटमा यसरी हुँदैछ मेयरलाई पछाडि पार्ने चालबाजी

महेन्द्रनगर । बेदकोट नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट बुधबारदेखि सुरु भएको छ । सिसैयास्थित भुवनेश्वरी माध्यामिक विद्यालयमा सुरु प्रतियोगिता बेदकोटका मेयर भोजराज बोहराले उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन गर्दै उनले प्रतियोगिता खेल महोत्सवका रुपमा अघि बढेको बताए ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार स्थानीय तहले पुस मसान्तभित्र नगर स्तरीय प्रतियोगिता आयोजना गरी सक्नु पर्नेछ । बेदकोटमा यस अघि पुसभित्रै प्रतियोगिता गरिएका थिए । यस पटक छनौट प्रतियोगिता माघमा पुगेको छ ।

mahostaw

माघमा प्रतियोगिता आयोजना गर्नेमा बेदकोट बाहेक अर्को स्थानीय तह शुक्लाफाँटा नगरपालिका हुनेछ । शुक्लाफाँटामा अझै प्रतियोगिता गरिएको छैन ।

बेदकोट र शुक्लाफाँटा बाहेक अन्य सात स्थानीय तहले पुसभित्रै छनौट प्रतियोगिता गरि सकेका छन् । हालसम्म दुई गाउँपालिका र पाँच नगरपालिकाकामा छनौट प्रतियोगिता गरिएको छ ।

भीमदत्त नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विवाद राष्ट्रिय खेलकूद परिषद्सम्म पुगेको छ । मार्शल आर्टस अन्र्तगतको उसु खेलमा प्रतिस्पर्धा गरी बिजेता घोषणा गरिएपछि विवाद भएको थियो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयले शिल्ड बहिस्कार गरेका छन् ।

बेदकोटमा गत वर्ष बैजथा जडेपानीमा शिल्ड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा कार्यक्रम सञ्चालनलाई लिएर विवाद भएको थियो । बेदकोट २ का वडा अध्यक्ष नरेश बहादुर सिहले कार्यक्रम सञ्चालन गरेपछि नगर प्रवक्ता सहित जनप्रतिनिधि असन्तुष्ट बनेका थिए ।

यस पटक बेदकोट नगरपालिकाले पुसभित्र प्रतियोगिता आयोजना नगरी माघमा पुगाएको छ । उद्घाटन कार्यक्रममा मेयर बोहराले प्रतियोगिता ढिलो आयोजना गरिएकाबारे केही बोलेनन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने भएका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २० विद्यालयका विद्यार्थी सहभागी छन् ।

भुवनेश्वरी माध्यमिक विद्यालयले प्रतियोगिता आयोजनाको संयोजन गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले स्वागत मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...