
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई दिनमा लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयका अनुसार माघ ३ र ४ गते उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले माघ ३ गते गड्डाचौकीबाट भीमदत्त नगरपालिका १८ का मोहन बस्नेत र हेमराज भट्टलाई पक्राउ गरेको छ । उनीहरुबाट ७.६५ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको छ । प्रहरी टोलीले जाँचका क्रममा उनीहरुले लुकाईछिपाई ल्याइएको लागु औषध बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको लागु औगाध ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरले भीमदत्त नगरपालिका ६ चम्मनचोकबाट होटल सञ्चालक सहित दुई जनालाई माघ ४ गते पक्राउ गरेको हो । चमनचोकस्थित रोल्पाली सुकुटी सेन्टरका संञलक शान्ति ऐर र राधा कृष्ण गिरिलाई पक्राउ गरिएको छ । उनीहरुबाट २.३१ ग्राम लागु औषध बरामद गरिएको छ ।
माघ ४ गते इलाका प्रहरी कार्यालय बेलौरकिो टोलीले बेलौरी नगरपालिका ७ स्थित कालो पुलबाट कैलालीको गोदावरी नगरपालिकाका अम्मर नेपालीलाई लागु औषध सहित बरामद गरेको छ । नेपालीबाट ३.३४ ग्राम लागु औषध खैरोहेरोईन र १.३१ ग्राम गाजा पनि बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भई रहेको जानकारी दिए ।
