

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको खेल मैदानमा इन्टनरनेशन फुटबल कपको नवौ संस्कार मंगलबारदेखि सुरु हुन लागेको छ ।
इन्टरनेशनल पब्लिक स्कुलले आयोजना गर्र्दै आयोजना प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने स्कुलका संयोजक महेन्द्र चन्दले जानकारी दिए ।


सोमबार विद्यालयमा खेल तालिका(टाइसीट) सार्वजनिक गरियो । प्रतियोगितामा आयोजक विद्यालयका दुई सहित १२ टीमबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष प्रतियोगिताको आठौं संस्करमा १६ टीमले भाग लिएका थिए ।
विद्यालयका संयोजक चन्दले विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोवना गर्न लागिएको बताए ।
प्रतिायोगितामा विजेतालाई नगद ५० हजार तथा उप विजेतालाई ३० हजार सहित शिल्ड प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।
प्रतियोगितामा मोर्निङ्ग ग्लोरी, एपेक्स गोदावरी, रेडियन्ट हायर सेकेन्ड्री, बैजनाथ मावि जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण), सार्क एजुकेशन, बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर, फ्लोरिडा इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, लिटिल बुद्ध एकेडेमी र सनलाइट बोर्डिङ्ग स्कुल बाणीले टीम दर्ता गराएका छन् ।

