

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा महादेब जोशी सर्वसम्मत चयन भएका छन् । महेन्द्रनगरमा बिहीबा राति सम्पन्न दोस्रो अधिवेशनबाट जोशी अध्यक्ष चयन भएका छन् । उनी यस अघि संगठनको प्रदेश महासचिव थिए ।

दोस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मच चयन गरिएको छ । जोशी बेदबोट नगरपालिकामा कार्यरत छन् । प्रदेश समिति उपाध्यक्षमा बालकृष्ण जोशी (कैलाली), महेश्वरी विष्ट ( कञ्चनपुर ), महासचिव धर्मराज चौधरी (कैलाली ), सचिव लक्ष्मण भट्ट ( बैतडी), बिष्णु जैशी ( अछाम ), सचिव झलक दौल्यान ( दार्चुला ) र कोषाध्यक्ष रुपक खड्का (कञ्चनपुर ) चयन भएका छन ।


संगठनका केन्द्रीय अध्यक्ष लेखखाथ कोइरालाले अधिवेशन उद्घाटन गरेका थिए । निर्वाचन समितिका संयोजक प्रकाश बहादुर खड्काले अध्यक्ष सहित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाए । अधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्रबाट नयाँ समिति चयन गरिएको हो ।

संगठनका नव निर्वाचत प्रदेश अध्यक्ष जोशीले संगठन सुदृढीकरण, कर्मचारीहरुको ट्रेड युनियन अधिकार रक्षा, संघ, प्रदेश र स्थानीय सरकारको सरकारको अस्तित्व रक्षा, कर्मचारी सम्बन्धि ऐन कानुन संशोधन गरी कर्मचारी मैत्रीपूर्ण बनाउने लगायतका विषयलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।

