

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्या निकेतन माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
सुुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुुर सिहले वार्षिकोत्सव समारोहको अध्यक्षता गरे ।
कार्यक्रमका प्रमुख अतिथि डा. चन्दले विद्यार्थीलाई प्रविधि र गुणस्तरी शिक्षामा जो दिएर युवा पलायन रोक्नु पर्नेमा जोड दिए । उनले अहिले प्रभात विद्या निकेतनले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै नीति तथा योजान आयोग सदस्यको हैसियतले आफूले सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा. शंकरदत्त भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्र्रस्तुत गरे । २०४९ सालमा स्थापित विद्यालय हाल एक हजार हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा कञ्चन विद्या मन्दिरका प्रिन्सिपल डा. राज कुमार साउँद, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र राज ओझा, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सदस्य लोकराज पन्त, महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी बोक्सर लगायतले शुभ कामना मन्तव्य राखे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यालयले वार्षिकोत्सवमा पठनपाठन र अतिरिक्त क्रियाकलापका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी २०८० सालको एसर्ईई परीक्षमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरियो ।

विद्यालयका सहायक प्रिन्सिपल यज्ञराज पाण्डेय, शिक्षक राजेन्द्र भट्ट लगायतले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा राजेन्द्र चन्द, ब्रिक्सटन कलेजका प्रिन्सिपल डा.भोजराज पन्त, राष्ट्रिय बाल विद्यालयका प्रिन्सिपल महादेब भट्ट, युनाइटेड पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र साउँद, नेल्टा कञ्चनपुरका अध्यक्ष राजेन्द्र जोशी, सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापकद्वण् डा. गम्भीर चन्द, पृथ्वी भट्ट, जनज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल सुरेन्द्र जोशी, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जय बहादुर विष्ट, फ्लोरिडा इन्टरनेशनका प्रिन्सिपल जयराज ओझा, एपेक्स स्कुलका प्रिन्सिपल दिपक चन्द लगायतका सहभागी भएका छन् ।

