

महेन्द्रनगर । काँग्रेस भीमदत्त नगर सभापति अच्युतराज कलौनीको आइतबार महाकाली नदीमा अन्तिम संस्कार गरिएको छ । शनिबार मृत भेटिएका कलौनीको आइतबार दिउँसो हिन्दू संस्कार अनुसार महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको छ ।



भुजेला घाटमा कलौनीको पार्थिप शरिरमा उनका बुवाले दागबत्ती दिए । अन्त्येष्टिमा गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापा, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारामा तामाङ्ग, एमाले केन्द्रीय सदस्य कमला बोहरा लगायतका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षक, कर्मचारी सर्वसाधारण सहभागी भएका छन् ।


