ghar sansar

कैलालीका व्यवसायी कुँबरले जन्म दिनमा गरे मानवसेवा आश्रम र दृष्टि फाउण्डेशनलाई सहयोग

khasi

महेन्द्रनगर । कैलालीको धनगढीका नरेश कुँवरले आफ्नो जन्म दिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् । लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य कुँवरले ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् ।

लाइन्स क्लब धनगढी, नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा १ लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरिएको क्लबका अध्यक्ष अमीत भुजनियाले बताए ।

dirghayi clinic

माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजारसमेत सहयोग गरिएको भुजनियाले जिकिर गरे ।

सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनु भन्दा सानै र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए । उनले भने ‘खान पुगोस्, दिन पुगोस्, दीन दुःखी र असहायको लागि यसरी नै सहयोग गर्न पुगोस् ।’

यसअघि पनि समाजसेवी कुँवरले आफ्नो जन्मदिनको अवसरमा दीन दुःखी, असहायहरुलाई खाद्यन्न बितरण तथा बिभिन्न संघसंस्थाहरुमा आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउँदै आएका थिए ।

नरेश बझाङ बुङल क्रिकेटका संस्थापक एबं कुँवर लिकरका सञ्चालकसमेत हुन् । यतिखेर कुँवर सफल व्यवसायी, समाजसेवी एवं दातृको रुपमा सुदूरपश्चिममा परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...