ghar sansar

यति अन्ध विश्वासमा रुमलिएको छ समाज

little buddha academy
khasi

भानुभक्त आचार्य
कैलाली । बैतडीको सिगास गाउँपालिका– १ का शिक्षक प्रकाश दमाईले आफ्नो आमाको मृत्यु हुँदा समयमा मलामी पाएनन् । उनकी ६१ वर्षीया आमा मना दमाईको शनिबार मृत्यु भएको थियो । दलित र गैरदलित रहेको उक्त गाउँमा ६५–७० परिवार छन्, तर जातकै कारणा मनाको मलामी हुन कोही मानेनन् । जसले गर्दा शनिबार शव उठेन ।

गैरदलित समुदायले मात्र होइन दलित समुदायले पनि जातीय विभेदको व्यवहार देखाएका छन् । दलितहरुले अरु सहयोग गरे पनि सबैभन्दा तल्लो जात भन्दै मलामी गएनन् । छिमेकी मलामी नभएपछि आज आफन्तहरूले शव उठाएका छन् । उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका( ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पु¥याइएको छ । शवयात्रामा १९ जना सहभागी थिए ।

dirghayi clinic

तीमध्ये २–३ जना मात्र गैरदलित हुन् । प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन्, तर उनलाई छिमेकी कसैले पत्याएनन् । मनाको मलामीका लागि छिमेकीले साथ नदिएपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र बैतडीकै पाटन–६ बाट आफन्तहरू पुगेका थिए । उनीहरु पुगेपछि आइतबार शवयात्रा सुरु गरिएको हो । आइतबार बिहान ११ बजे शवयात्रा भएको मलामी नरबहादुर साउदले बताए । छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए ।

आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुई जनामात्र आर्यघाट पुगेको जानकारी दिए । ‘अहिले दाहसंस्कार भएको छ । मलामी १९ जना थियौं’, उनले भने, ‘आफन्तहरू आउनुभयो अनि आज लास उठ्यो ।’ पुख्र्यौली मसानघाट पाटनमा उनको दाहसंस्कार गरिएको हो ।

सिगास नजिकका जीप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शवयात्रा गरिएको स्थानीयले बताएका छन् । सिगास( १ का वडा सदस्य धनीराम भट्टले राति १२ बजेसम्म आफू पनि प्रकाशकै घरमा शव कुरेर बसेको बताए । गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर रहेको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीको भनाइ छ । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।

नेपाल प्रेसबाट

Himal dental
सम्बन्धित
Loading...