ghar sansar

बोक्सरले कसरी लड्लान आगामी चुनाव : स्वतन्त्र कि दलबाट

little buddha academy
khasi

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका पूर्व शिक्षक नेता डा. कृष्णदत्त जोशी २०७९ को स्थानीय तह निर्वाचनपछि पार्टी छाडेर स्वतन्त्र भएका हुन् ।

स्थानीय तह निर्वाचनमा उनी भीमदत्त नगरपालिकाको उप मेयरमा चुनाव लडेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार उनी डेढ हजार मतले उप मेयरमा पराजित भए । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लडेका उनका दुई हजार दुई सय मत बदर भए ।

उप मेयरमा काँग्रेसकी निलम लेखक जोशी निर्वाचित भएकी थिइन् । निर्वाचनपछि बोक्सरले एकाएक माओवादी केन्द्र छाडेर स्वतन्त्र भएको घोषणा गरे । पार्टी छाड्ने बोक्सरको अनपेक्षित घोषणाले राजनीतिक वृत्तमा धेरै दिन चर्चा पायो । त्यसपछि बोक्सर काँग्रेस वा राष्ट्रिय स्वतन्त्र पार्टी जान चर्चा पनि बाहिर आए । उनी भने अहिलेसम्म राजनीतिक दलमा नगएर स्वतन्त्र बसेका छन् । बोक्सरले अहिलेसम्म आफू फेरि दलीय राजनीतिमा फर्किने धारणा सार्वजनिक गरेका छैनन् ।

बोक्सर समर्थकहरुले अढाई वर्षपछि हुने २०८४ को निर्वाचनमा उनी कसरी चुनाव लड्दा राम्रो हुने भनेर सुझाव माग्न थालेका छन् । युवा व्यवसायी नवराज भट्टले बोक्सरका लागि सुझाव मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बोक्सर ०८४ मा स्वतन्त्र वा दल के बाट चुनाव लड्दा ठिक हुन्छ, सुझाव दिनु होला भनेर पोष्ट गरेका छन् ।

व्यवसायी भट्ट एमाले पृष्ठभूमिका हुन् । २०७९ को निर्वाचनपछि बोक्सरले पार्टी छाडेपछि भट्टले उनलाई साथ दिएका थिए । बोक्सरसित भट्ट सहित विभिन्न राजनीतिक दलका धेरै नेता कार्यकर्ताले स्वतन्त्र भएको घोषणा गरेका थिए ।

भट्टले सामाजिक सञ्जालमा सुझाव मागेपछि बोक्सर २०८४ मा निर्वाचन लड्ने संकेत देखिएका छन् । बोक्सरले पनि शुभ चिन्तकहरुलाई सबैको साथ सहयोग पाए चुनाव लड्ने बताउँदै आएका छन् । आगामी निर्वाचन उनी उप मेयर नभएर मेयरमा लड्ने उनी निकटहरु बताउँछन् ।

२०७९ मा बोक्सरले भीमदत्तको मेयरमा चुनाव लड्ने चाहना राखेका थिए । माओवादी र समाजवादीको तत्कालिन गठबन्धनमा भीमदत्त समाजवादीको भागमा परेपछि उनी उप मेयर लडेका थिए । समाजवादीबाट भीमदत्त नगरपालिका १८ का पूर्व वडा अध्यक्ष राजेन्द्र पाण्डेय चुनाव लडेका थिए ।

चुनाव प्रचारका क्रममा बोक्सरलाई धेरै मतदाताले व्यक्तिगत इच्छा हुँदाहुँदै पनि राजनीतिक आस्थाका आधारमा सहयोग गर्न नसकिने बताएका थिए । त्यस्ता मतादाता रिझाउन उनले पार्टी र व्यक्तिगत धेरै प्रयास गरे । निर्वाचनमा पराजय भएपछि उनले मतदाताको भावनालाई कदर गरी माओवादी केन्द्रबाट अलग हुने घोषणा गरे ।

माओवादी केन्द्र छाडेर स्वतन्त्र भएको दिन उनले पत्रकारहरुसित कुराकानीमा निर्वाचन प्रचारमा धेरै मतदाताले पार्टीगत आस्थाका आधारमा आफूलाई सहयोग गर्न नसकेकाले आफू स्वतन्त्र हुने निष्कर्षमा पुगेका बताएका थिए ।

dirghayi clinic

मतदाताको भावना बुझेर पार्टी छाडेका उनी त्यति बेला माओवादी केन्द्रमा प्रदेश कमिटीको जिम्मेवारीमा थिए । शिक्षक राजनीतिबाट पार्टीमा आएका उनी माओवादी केन्द्रको दुई दशक बढी राजनीतिक जीवन छाडेर स्वतन्त्र भएका थिए ।

सरकारले २०५८ मा तत्कालिन नेकपा माओवादीको जनयुद्ध विरुद्ध संकलन घोषणा गर्न अघि उनी शिक्षण पेशा छाडेर माओवादी केन्द्रका पूर्णकालिन सदस्य भई सकेमा थिए । शिक्षण छाडेर भूमिगत भएका उनी शान्तिपूर्ण राजनीतिमा आएपछि लामो समय शिक्षक आन्दोलनको नेतृत्व गरी पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।

२०७९ को निर्वाचनमा भीमदत्तका मतदाताले उनको महाकाली प्रादेशिक अस्पताल सुधार कार्य हेरेर साथ दिएका थिए । कोराना महामारीमा बोक्सरले खेलेको भूमिकाले मतदाताको मनमा उनी परे । निर्वाचनमा बोक्सरले अस्पताल सुधार गरेको कुराको छाप मतदातामा परेका थियो ।

चिकित्सक आउन नमान्ने र नबस्ने समस्या अस्पतालले बर्षौदेखि झेल्दै आएको थियो । चिकित्सक नभएपछि अस्पतालको नाम रेफर सेन्टर राखिएको थियो । बोक्सरले अस्पताल समिति अध्यक्ष हुँदा डा. हरि कुमार श्रेष्ठ मेडिकल सुपरिटेन्डेन्ट थिए । श्रेष्ठले आफू प्रमुख भएपछि आफूसंगै केही चिकित्सक ल्याएका थिए ।

बोक्सर अध्यक्ष भएपछि उनले अस्पतालका चिकित्सक, कर्मचारी सहित सरोकारवाला सबैसित छलफल गरी सुधारको कार्य अघि बढाए । भीमदत्त नगरपालिकाको सहयोगमा गुरु योजना बनाएर उनी अघि बढे । रात दिन आफैं अस्पतालमा खटिएपछि अस्पताल सुधारको दिशामा पुग्यो । अहिले तत्कालिन महाकाली अञ्चल अस्पताल प्रादेशिक अस्पतालमा परिणत भएको छ । अस्पतालको भौतिक, प्रशासनिक, जनशशक्ति व्यवस्थापन, सेवा प्रवाह लगायत सुधार गरी उनी कार्यकाल पूरा गरी बाहिरिएका हुन् ।

माओवादी केन्द्रको राजनीति छाडेका उनी व्यक्तिगत रुपमा सादा जीवनशैनी, मिलनसार र घुलमिल गर्न सक्ने क्षमताका छन् । व्यक्तिगत आलोचना कटाक्ष नगर्ने र भावुक हुने उनको व्यक्तिगत आनीबानीले पनि धेरै जना प्रभावित छन् । सार्वजनिक मञ्चमा मान सम्मान नखोज्ने, आफूलाई लागेको स्पष्ट रुपमा बोल्ने र आफूसित भएका कला कौशल देखाएर छाड्ने स्वभावका छन् उनी । पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा विभिन्न गीतहरुमा नाचेका छन् ।

महाकाली बहुप्राविधिक शिक्षालयको चौथो वार्षिकोत्सवमा उनको नाचलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले प्रशंसा गरे । महाकाली बहुप्राविधिक शिक्षालय समितिको सदस्य हैसियतमा कार्यक्रममा सहभागी भएका थिए ।

भीमदत्त नगरपालिका १६ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयको अध्यक्ष छन् । उनी विद्यालयको हरेक वार्षिकोत्सवमा नाच्दै आएका छन् । अहिले बोक्सर नाचले सबैतिर चर्चा पाएको छ । प्रभात विद्या निकेतनको वार्षिकोत्सवमा उनको नाचमा विद्यार्थीहरुले व्यापक हुटिङ्ग गरेका थिए ।

बोक्सरको नाचलाई लिएर केहीले नाच्न नहुने भन्छन् भने केहीले नाचेर बोक्सर ८४ को लागि आफूलाई चिनाउन खोजेको बताउँछन् । बोक्सरले भने यसबारे केही बोलेका छैनन् । मंगलबार कञ्चनपुर उद्योग बािणज्य संघमा भेटिएका बोक्सरले आफूले केही महिनादेखि सार्वजनिक कार्यक्रम नाच्न थालेको बताए । उनी भारतका विभिन्न सहरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी भएर नाचेका भिडियो बाहिर आएका छन् । केही महिना अघि साउदी अरब गएका उनले त्यहाँ पनि नाच देखाएका थिए ।

बोक्सर रामलिलाका कलाकार पनि हुन् । उनी रामलिलामा लामो समयदेखि हनुमान भूमिका निर्वाह गर्दै आएका छन् । पछिल्लो पटक उनी सामाजिक कार्यमा सक्रिय भएर लागेका छन् । भीमदत्त नगरपालिकालाई छाडा चौपाया व्यवस्थापनका लागि दबाव दिँदै आएका छन् । भीमदत्तले चौपाया व्यवस्थापन गर्ने अभिायन चलाएपछि उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काटेको तस्बिर भाइरल भएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...