ghar sansar

लागु औषध विरुद्ध निर्मम बने भीमदत्तका प्रवक्ता, आफ्नै वडाबाट थाले यस्तो अभियान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ नम्बर वडा कार्यालयले लागु औषध कारोबार सूचना प्रहरी प्रशासनलाई दिने भएको छ । वडा कार्यालयले वडा वासिन्दालाई लागु औषध कारोबार नगर्न आग्रह गर्दै गरेको पाइएमा प्रहरी प्रशासनलाई जानकारी दिने सार्वजनिक सूचना आव्हान गरेको छ ।

वडा अध्यक्ष पदमराज अवस्थीले वडाभित्र कसैले लागु औषध कारोबार गरि रहेको भए त्यसलाई बन्द गर्न निर्देशन दिएका छन् । ‘वडा नं. ५ मा कसैले नेपाल सरकारबाट प्रतिबन्धित लागु औषध( गाँजा, चरेश, हिरोइन, अफिम लगायत) को बेचबिखन गरेको पाइएमा वडा कार्यालय प्रहरी प्रशासनमा खबर गर्नका लागि बाध्य हुनेछ र कसैले बेचबिखन गरि रहेको अवस्था भए आजैको मितिदेखि बन्द गर्न हुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ वडा अध्यक्ष अवस्थीले जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

वडा अध्यक्ष अवस्थी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हुन् । भीमदत्त नगरपालिका सबै वडामा लागु औषध विरुद्ध अभियान सञ्चालन गर्ने अवस्थीले बताए ।

dirghayi clinic

‘लागु औषधले युवा पुस्ता बर्बाद हुन लाग्यो, यस विरुद्ध कठोर नभई नहुने अवस्था छ, त्यसका लागि वडा कार्यालय यस विरुद्ध सशक्त रुपमा जाने अवस्थामा पुगेको छ’ उनले भने ।

भीमदत्तमा लागु औषध विरुद्ध वडा कार्यालयबाट अभियान सञ्चालन गर्ने उनी पहिलो वडा अध्यय बनेका छन् । भीमदत्त नगरपालिका सहित कञ्चनपुरका सबै क्षेत्रमा लागु औषध कारोबार फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले केही दिन अघि महाकाली मोर्डन पब्लिक स्कुलको वार्षिकोत्सव कार्यक्रममा पछिल्लो दुई दशकमा कञ्चनपुरमा लागु औषध कारोबार गाउँ वस्ती सबैतिर फैलिएको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...