ghar sansar

साधारण स्कुलका अध्यक्ष विष्टले मनाए अनाथालयमा जन्म दिन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय(.साधारण) को व्यवस्थापन समिति अध्यक्ष छन् विरेन्द्रराज विष्ट । उनी ९ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरि रहेका छन् ।

२०७२ मा २२ वर्ष हुँदा उनी पहिलो पटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएका हुन् । त्यसपछि अर्को कार्यकाल निरन्तरता दिएर उनी समिति अध्यक्ष छन् ।

पहिलो पटक व्यवस्थापन समिति अध्यक्ष हुन खोजेपछि विद्यालयका शिक्षक कर्मचारीले आफूलाई विश्वास गर्न नचाहेको आफूले पाएको उनले केही दिन अघि सार्वजनिक कार्यक्रममा बताएका थिए ।

भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयको ५९ औं वार्षिकोत्सवमा उनले आफू २०७२ मा २२ वर्षको उमेरमा अध्यक्ष हुँदा शिक्षक कर्मचारीले विश्वास गर्न नचाहेको धारणा राखेका थिए ।

‘त्यति बेला म २२ वर्षको थिए, अध्यक्ष हुन्छु भन्दा शिक्षक कर्मचारीले ममाथि विश्वास गर्न चाहेको थिएन, वहाँहरुमा यो भर्खरको केटोलाई अध्यक्ष बनाएपछि स्कुल चलाउन सकिन्छ र होला भन्ने भन्ने जस्तो देखियो’ उनले भनेका थिए ।

व्यवस्थापन समिति अध्यक्ष भएपछि आफूले शिक्षक कर्मचारी सबैको विश्वास जितेर विद्यालय सञ्चालन गरि रहेको उनले बताए ।
महेन्द्रनगर माविमा तीन हजार बढी विद्यार्थी अध्ययनरत छन् । नेपाली र अंगे्रजी दुबै माध्यममा पठनपाठन हुने विद्यालयले शैक्षिक गुणस्तरमा अनपेक्षित फड्को मारेको छ ।

अध्यक्ष विष्ट नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियुबाट राजनीतिमा आएका हुन् । अनेरास्ववियुको जिल्ला अध्यक्ष भई सकेका उनी केन्द्रीय कमिटीमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट वडा अध्यक्ष चुनाव लडेका थिए ।
स्थानीय तह चुनावमा विष्टले अनपेक्षित मत पाए । माओवादी केन्द्रले २०७४ मा पाएको मतभन्दा तेब्बर बढी मत पाए । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १८ नम्बरमा तीन सय बढी मत पाएको थियो ।

dirghayi clinic

विष्टलाई वडा अध्यक्ष जित्ने उम्मेदवारको रुपमा आँकलन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्वले उनले स्थानीय तह निर्वाचनमा मतदाताले साथ दिएका हुन् ।

‘यो स्कुल सुधार्ने केटोले वडामा केही गर्न सक्छ भन्ने मतदाताको अपेक्षा थियो’ विष्टको प्रचारमा सक्रिय स्थानीय बुद्धिजीवि विरेन्द्र सिह साउँदले भने ।

विष्ट सरल, मिजासिला, मिलनसार र समन्वय गर्न सक्ने युवाका नेताका रुपमा परिचित छन् । विद्यार्थी संगठनमा बस्दा समेत विवादित नभएका उनले आफ्नो छविलाई हालसम्म कायम राखेका छन् । साधारण स्कुलको नेतृत्व लिएपछि उनी रात दिन विद्यालयका कामकाज सक्रिय हुने गरेका छन् ।

उनी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय सचिव छन् । कञ्चनपुरमा महासंघको समिति विस्तार गरिएको छ ।

अध्यक्ष विष्ट राजनीतिलाई पनि समाज सेवाका रुपमा लिएर अघि बढेका छन् । मंगलबार उनले आफू र आफ्नी छोरी काश्वी विष्टको जन्म दिन समाज कल्याण अञ्चल अनाथालयमा मनाए । त्यस क्रममा केक काटियो । सबै बालबालिकलाई केक बाँडियो । त्यसपछि बालबालिकलालाई विष्टले फलफूल बाँडे । त्यसपछि बालबालिकालाई नास्ता खुवाए ।

अनाथालयलाई उनले नगद ४ हजार १ सय ५ रुपैँया सहयोग गरे । अनाथ बालबालिकाको अक्षय कोष बनाउनका लागि सहयोग गरिएको अध्यक्ष विष्टले बताए । ‘यो रकमबाट यो अनाथालयमा अक्षय कोषयमा सहयोग पुग्छ भन्ने आश लिएको छु’ उनले भने ।

विष्टको जन्म दिनमा अनाथालयका सदस्य भगवती थापा लगायतका सहभागी भए । थापाले विष्टले अनाथालयलाई सहयोग गरी ठूलो गुण लगाएको बताइन् ।

अनाथालयमा हाल २२ बालक छन् । सरकारले अनुदान कटौती गरेपछि सहयोग जुटाएर अनाथालय सञ्चालन हुँदै आएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...