ghar sansar

सुदूरपश्चिम विश्वविद्यालयको ऋणी रहेछन् प्रधानमन्त्री ओली, साढे ९ लाख तिर्न बाँकी

khasi

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम विश्वविद्यालयलाई आफूले साढे ९ लाख ऋण तिर्न बाँकी रहेको बताएका छन् । उनले विश्वविद्यालय हालसम्म आफूसित ऋण अशुलीका लागि नआएको उल्लेख गरे ।

‘एउटा कुरा चाहिँ मेरो र विश्वविद्याल दुइर्टको उस्तैउस्तै गल्ती छ, म गतिलो आशामी पनि भएन, तिर्नु पर्ने कुरा ध्यान नपु¥याउने, विश्वविद्यालयले फेरि आशामी उठाउन पनि नजाने, साढे ९ लाख रुपैँया उस बेला विश्वविद्यालय स्थापना गर्दा दिन्छु भनेको बाँकी छ, विश्वविद्यालयले कहिल्यै माग्दैन’ सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई सम्बोध गर्दै प्रधानमन्त्री ओलीले भने,‘ ५० हजार त त्यति बेला नै दिए, साढे नौ लाख मैले कबुल गरेको पैसाबाट दिन बाँकी होला जस्तो लाग्छ , मैले तिरेको छु र, छैन होला, भनेपछि साढे नौ लाख रुपैँया तपाईहरुले अहिले अशुल गर्न छ ।’

dirghayi clinic

प्रधानमन्त्री ओलीले आफू साढे ९ लाख रुपैँया दिएर विश्वविद्यालयको ऋणबाट मुक्त हुन खोजेको चाहना व्यक्त गरे । ‘म विश्वविद्यालयको ऋण बाँकी राख्न चाहन्छ, त्यसबाट मुक्त हुन चाहन्छु’ उनले भने, ‘यस्तै बेलामा सम्झिन्छ, सन्दर्भ आउँदा सम्झिन्छ, यहाँ विश्वविद्यालय स्थापना हुनु पर्छ भन्नेमा मेरो पनि सुरुवात देखिको प्रयास मात्रै मैले दाजु भाई दिदी बहिनीलाई सम्झाउन खोजेको हुँ, विद्यार्थी भाई बहिनीहरुलाई पनि भन्नु खोजेको हुँ आज जहाँबाट तपाईहरुले पाँचौ दीक्षान्त गर्दै हुनु हुन्छ, पाँचौ स्थानको दीक्षान्तको कार्यक्रममा उपस्थित हुनु भएको छ,यो विश्वविद्यालय स्थापना हुन अघि विश्वविद्यालय स्थापना हुनु पर्छ भन्ने परामर्श गर्दा पनि म तपाईहरुको साथमा थिए ।’

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन भारती जोशी लगायतले विश्वविद्यालय स्थापनाका लागि आफूलाई बोलाएपछि छलफलमा सहभागी भएर १० लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता गरेको स्मरण गरे ।

विश्वविद्यालय स्थापना छलफलमा आफूले काठमाडौं डेलिगेसनका लागि १० लाख दिने कबुल गरेको र त्यसमध्ये ५० हजार तत्काल विश्वविद्यालय कोषमा राखेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘यो विश्वविद्यालय स्थापना गर्न पर्छ भन्ने छलफलमा म आएको थिए । म आएको बेला वहाँहरुले विश्वविद्यालय खोल्नु पर्छ भन्नु भएको थियो मैले त्यस कुरामा समर्थन गर्दै तपाईहरु काठमाडौंमा आउनु होस डेलिगेसन आउनु होस र डेलिगेसन आउनका लागि मैले त्यहाँ चाँजोपाजो पनि मिलाउँछु, विश्वविद्यालय खोल्ने हो भनेर मैले मेरो पूरा साथ सहयोग रहन्छ भनेर वहाँहरुलाई आश्वास्त बनाएर गएको थिए’ उनले भने,‘ विश्वविद्यालय खुलेक थिएन, विश्वविद्यालय खोल्न चाहनेहरुपसित पैसा पनि थिएन, त्यस कारण मैले विश्वविद्यालय खोल्न १० लाख दिन्छु, अहिले मेरो पकेटमा ५० हजार रहेछ, यस ५० हजारले तपाईहरुलाई काठमाडौं डेलिगेसन जान पुग्छ भनेर विश्वविद्यालयको कोषमा पहलिो पल्ट ५० हजार राख्ने शायद पहिलो मै हुँला । मैले नै ५० हजार दिएर डेलिगेसन बोलाएको थिए ।’

Himal dental
सम्बन्धित
Loading...