ghar sansar

अच्युत कलौनी मृत्यु प्रकरण– गृहमन्त्रीले फोन उठाउन छाडेपछि कलौनी परिवारको प्रधानमन्त्रीसित गुहार

dirghayu ad

महेन्द्रनगर । काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनीको शंकास्पद मृत्यु प्रकरण छानबिनका लागि कलौनी परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम विश्वविद्यालयकाको पाँचौ दीक्षान्त समारोहमा सहभागी हुन आएका बेला कलौनी परिवार शंकास्पद मृत्युको निष्पक्ष छानिबनका लागि प्रधानमन्त्री ओलीसम्म पुगेका छन् ।

ratnam malkhad

स्वर्गिय कलौनीका बुवा जनकराज कलौनीले प्रधानमन्त्रीका स्वकीय सचिव भेटेर मृत्यु प्रकरण छानबिनका लागि आग्रह गरे । उनले निपक्ष छानबिनका लागि मृत्यु प्रधानमन्त्री ओलीलाई आफ्नो माग पत्र बुझाएका छन् ।

कलौनीले भेटेपछि प्रधानमन्त्रीका स्वकीयले तत्काल गृहमन्त्री रमेश लेखकलाई फोन गरेका थिए । कलौनीको अगाडि स्वकीयले मन्त्री लेखकलाई फोन गरेका थिए ।

‘म प्रधानमन्त्रीज्यूलाई भेटेर माग पत्र दिने भनेर त्यहाँ गएका थिए, वहाँलाई भेट्न सकेन, स्वकीयलाई भेटे, वहाँलाई नै मेरो माग पत्र बुझाए’ उनले भने, ‘त्यहाँ मेरै अगाडि वहाँले गृहमन्त्री मन्त्रीज्यूसित फोन गर्नु भयो, के कुरा भयो, थाह भएन ।’

गृहमन्त्री लेखकले केही दिनदेखि आफ्नो फोन रिसिभ गर्न छाडेपछि आफू प्रधानमन्त्री ओलीलाई भेट्न विश्वविद्यालय गएको कलौनीले बताए । ‘पहिला त मेरो फोन उठाउनु हुन्थ्यो, अचेत खै किन हो, फोनै उठाउनु हुन्न, त्यसपछि प्रधानमन्त्री भेट्न गए’ उनले भने ।

झण्डै अढाई महिना अघि काँग्रेस नगर सभापति भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकमा सडक पेटी घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । कलौनी मृत्युपछि गृहमन्त्री लेखक आफैं महेन्द्रनगर आएर गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री लेखकको निर्देशन अनुसार प्रहरीले अनुसन्धान अघि बढाए पनि अझैसम्म मृत्युको कारण यकिन हुन सकेको छैन । कलौनी परिवारले मृत्युलाई शंकास्पद भन्दै आएका छन् । उनको मृत्यु नभएर हत्या गरिएको आशंका कलौनी परिवारको छ ।

प्रधानमन्त्री ओलीलाई दिइएको पत्रमा समेत हत्याको आशंका गरी निष्पक्ष छानबिनको माग गरिएको छ । शव भेटिएको घट्नास्थल, शवको प्रकृति लगायतले कलौनी परिवार मृत्यु शंका गरि रहेका छन् । कलौनी परिवारले आफूहरुसित सल्लाह नगरी विज्ञ टोली मगाएर पोष्ट मार्टम गरिएकोलाई पनि आश्चर्य मानेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक भेटिएका कलौनी ९ः ३० बजे सडकमा हिँडि रहेको अवस्थामा भेटिएका थिए । उनी सडकमा हिडि रहेको सिसिटिभी फुटेजमा देखिएको छ । कलौनी परिवारले सडक हिँडि रहेका उनी एकाएक पेटीमा गएर मृतक भेटिन नसक्ने तर्क गर्दै आएका छन् ।

कलौनी परिवारले उनको शव विहान ३ देखि ४ बजेबीचमा राखिएको आशंका गर्छन् । ‘त्यो घरमा मान्छे बस्दैन, त्यो खाली घरको अगाडि एकाएक कहाँबाट आउन सक्छ’ उनका बुवा कलौनीले भने,‘यो यो त्यो बेला होइन पछि ३ देखि ४ बजेबीचमा राखेको हुन सक्ने शंका छ, यसमा प्रहरीलाई छानबिनका आग्रह गरेका छौ ।’

कलौनी परिवारले प्रहरीसित सोही राति सडकमा हिँडडुल गर्ने सबै मानिसको पहिचान गरी अनुसन्धान गर्न आग्रह गरि रहेका छन् । प्रहरीले पोष्ट मार्टम रिपोर्टलाई हालसम्म आधार मान्दै आएको छ । प्रहरीले कलौनी परिवारसित भिसेरा रिपोर्ट आउँदासम्म प्रतिक्षा गर्न आग्रह गर्दै आएको छ ।

कलौनीको पोस्टमार्टम रिपोर्टमा भित्री घाउ, चोटपटक नरहेको उल्लेख छ । प्रहरीले पोष्ट मार्टम रिपोर्टका अनुसार अक्लुजन’का कारण मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले कलौनी मृत्यु प्रकरणमा अनुसन्धान भई रहेको र मृत्युको कारण यकिन हुन नसकेको बताए ।

उनले पोष्ट मार्टम रिपोर्टबाट सबै स्पष्ट नभएको र भिसेरा रिपोर्टको प्रतिक्षमा प्रहरी रहेको उनको भनाई थियो । प्रहरीले कलौनीको भिसेरा जाँच र मुटु परीक्षणका लागि पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर दत्त भट्ट कलौनी मृत्यु प्रकरण अनुसन्धानका लागि अनुसन्धान अधिकृत छन् ।

काँग्रेसको नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत कलौनीको घर आएर परिवारसित घट्नाबारे जानकारी लिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...