ghar sansar

हल्दुखालका महराको घरबाट सुनका गरहगना चोरी गर्ने चार जना पक्राउ

khasi

खगेश्वरी पन्त

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालका केशब सिह महराको घरबाट सुनका गरगहनामा चोरीमा संलग्न चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई चोरीका गरगहना सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

उनीहरुसंगै चोरीका गरगहना किन्ने दुई जना पनि पक्राउ परेका छन् । उनीहरुमा निङ्गलाशैनी सुनचाँदी पसलका सञ्चालक नविन पौडेल र इशा पौडेल छन् ।

dirghayi clinic

चोरीमा संलग्न चार जना भीमदत्त नगरपालिका वडा नं. ४ र ६ का छन् । भीमदत्त नगरपालिका ६ का राहुल चन्द (३०) पक्राउ गरिएका छन् । उनी बाहेक अन्य तीन जना ४ नम्बर वडाका छन् । उनीहरुमा अमित खत्री(२६), चक्र सुनार(२७) र महेन्द्र नायक(१८) का छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनेको समय लिइएको छ ।

एक साता अघि चैत १२ गते महराको घरमा चोरी भएको थियो । महरा परिवारले जिल्ला प्रहरी कार्यालयमा घरबाट विभिन्न गरहगना चोरी भएको प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीका अनुसारको सुनको छड्के तिलहरी १, सुनको मंगलसुत्र ३, सुनको औंठी २, सुनको काँटा २, सुनको नागिन माला १, सुनको चन्द्रमा १, सुनको गलोबन्द १, सुनको कानमा लगाउने झुम्का २, चाँदीको औंठी १ र गलाएको सुन १६.१४ ग्राम चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश राज जोशीले गोप्य सूचनाका आधारमा उनीहरु सबैलाई चोरीका गरगहना सहित पक्राउ गरिएको बताए ।

(प्रशिक्षार्थी पत्रकार)

Himal dental
सम्बन्धित
Loading...