ghar sansar

राजावादीको हिंसात्मक गतिविधि विरुद्ध सत्तारुढ एमालेको शक्ति प्रदर्शन, महेन्द्रनगरमा निकालियो मोटरसाइकल र्याली

khasi

गिता पाल
महेन्द्रनगर । सत्तारुढ नेकपा एमालेले काठमाडौंमा भएको राजावादीको हिंसात्मक प्रदर्शन र गणतन्त्रको समर्थनमा शक्ति प्रदर्शन गरेको छ ।

एमाले कञ्चनपुरले सोमबार जिल्लाका सबै क्षेत्रका नेता कार्यकर्तालाई सहभागी गराएर मोटरसाइकली रयाली प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालय मदन आश्रित सदनबाट सुरु एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरीय सबै नेता सहभागी भएका छन् ।

Anant bahu travels

एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल र पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालले शक्ति प्रदर्शनको नेतृत्व गरेका छन् । र्यालीमा एमाले केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, कमला बोहरा, इन्दु कडरिया विष्ट, एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत नेता सहभागी भए ।

एमाले पार्टी कार्यालयबाट सुरु भएर रयाली पुष्पलाल चोक, सिद्धनाथ विज्ञान क्याम्पस रोड, सालघारी रोड, गल्ली नं. ५, महाकाली अस्पताल रोड, भगतपुर क्षेत्र, पूर्व पश्चिम राजमार्ग, चमनचोक हुँदै महाकाली सिँचाई नहरको सडक भएर शिव मन्दिर, होटल लाइन, मदनचोक परिक्रमा गरी स्मारक क्षेत्रमा कोण सभामा परिणत भएको छ ।

dirghayi clinic

र्याली परिक्रमाका क्रममा एमाले नेता कार्यकर्ताले गणतन्त्र जिन्दावाद, राजतन्त्र मुर्दाबाद, हत्यारालाई कारवाही गर, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाए । उनीहरु सबैले एमालेका सूर्य अंकित झण्डा बोकेर नाराबाजी गरेका थिए ।

एमालेले काठमाडांैमा हिंसात्मक प्रदर्शनपछि गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले गणतन्त्र विरुद्ध उभिएका शक्तिलाई परास्त गर्न सबै जनतालाई सचेत गर्न मोटरसाइकल र्याली आयोजना गरिएको बताइन् ।

स्मारक क्षेत्रको कोण सभामा पोलिटब्युरो सदस्यद्वय रावल, पाल र जिल्ला अध्यक्ष बुढाले सम्बोधन गरेका थिए ।

(प्रशिक्षार्थी पत्रकार)

Himal dental
सम्बन्धित
Loading...