ghar sansar

नगर प्रहरीले त्रिपालमुनि बस्न नदिएपछि भीमदत्तको प्रवेशद्वारमा दिनभर बसे वादी समुदाय धर्ना

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नगर प्रहरीले धर्नास्थलबाट त्रिपाल हटाएपछि वादी समुदाय प्रवेशद्वारमा बसेर धर्ना दिएका छन् । बिहीबार विहान नगर प्रहरीले त्रिपाल हटाएपछि उनीहरु प्रवेशद्वारमा दिनभर धर्ना बसेका छन् ।

प्रवेशद्वारमा त्रिपाल बिछ्याएर वादी समुदायका महिला पुरुष धर्ना बसे । उनीहरु प्रवेशद्वारमा बसेपछि नगरपालिका कर्मचारी, सेवाग्राही दक्षिणतिरको प्रवेशद्वारबाट कार्यालय प्रवेश गरे ।

भीमदत्त नगर विकास समितिले चैत २१ गते सब्जीमण्डी पछाडिबाट हटाएपछि उनीहरु भीमदत्त नगरपालिकामा अनिश्चितकालिन धर्ना बस्दै आएका छन् । नगर विकास समितिले डोजर लगाएर उनीहरुको टहरा भत्काएको थियो ।

टहरा भत्काएपछि उनीहरु व्यवस्थापन हुनु पर्ने लगायतका माग राखेर अनिश्चितकालिन धर्ना बसेका हुन् । दुई सातासम्म धर्ना बस्दा समेत भीमदत्त नगरपालिका उनीहरुका मागप्रति उदासिन छ ।

भीमदत्तले मागमा सुनुवाई नगरेपछि वादी समुदायले विहीबार विहान प्रवेशद्वारमा तालाबन्दी गर्ने कार्यक्रम बनाएको थियो । तालाबन्दी अघि नगर प्रहरीले धर्ना स्थलबाट त्रिपाल हटाएपछि उनीहरु प्रवेशद्वार गएर बसे । नगर प्रहरीलाई उनीहरुले त्रिपाल नहटाउन पटक पटक आग्रह गरे ।

उनीहरुको आग्रहलाई अस्वीकार गर्र्दै भीमदत्तका नगर प्रहरी प्रमुख सुरेन्द्र बोहराको निर्देशनमा त्रिपाल हटाउन निर्देशन दिए । उनी आफैं पनि त्रिपाल हटाउन थाले ।

त्रिपाल हटाउने क्रममा आन्दोलनरत वादी समुदाय र नगर प्रहरीबीच केही समय चर्काचर्की समेत भयो । नगर प्रहरीले निर्देशन भन्दै टाँगिएको त्रिपाल निकालि दिइएपछि उनीहरु प्रवेशद्वारमा धर्ना बसेका हुन् ।

‘हामी अहिलेसम्म यहीं बस्दै आएका थियौ, हाम्रो माग कसैले पनि सुनेन, आज त त्रिपालमा नि बस्न पाइदैन भनेर हटाइ दियो’ वादी समुदायका अगुवा शिविराज रानाले भने,‘त्यहाँ त्रिपाल हटाएर बस्न दिएन भने यही त्रिपाल बिछयाएर बसेका छौ ।’

dirghayi clinic

धर्नामा वादी समुदायका महिलाहरु दुधे बालक सहित सहभागी छन् । चर्को गर्मीले स्वास्थ्य समस्या आउने भएपछि धर्नास्थलमा त्रिपाल टाँगिएको थियो । नगर प्रहरीले धर्ना बस्न पाइने भए पनि त्रिपाल टाँग्न नपाइने भन्दै हटाएको सहभागीहरुले बताए ।

त्रिपाल हटाएपछि धर्नामा सहभागीले भीमदत्त नगरपालिकासित आक्रोश व्यक्त गरे । उनीहरुले आफूहरु पनि नेपाली नागरिक भएकाले आफूहरुसित अमानवीय व्यवहार गरिएको दुखसो पोखे ।

‘यो भित्र बस्ने मात्रै मान्छे होइनन्, हामी पनि मान्छे हौ, हाम्रा यी बालबच्चा यो चर्को घाममा कसरी बस्न सक्छन्, यो भित्र बस्नेले दिनभरि एसीमा बस्छन्, हाम्रो टहरा भत्काइयो’ धर्ना बसेका महिलाहरुले भने,‘यो घाममा हामीलाई यहाँ त्रिपाल राखेर सम्म बस्न दिइ रहेका छैनै ।’

अनिश्चितकालिन धर्नाको अगुवाई वादी संघर्ष समितिले गरेको छ । डोजर लगाएर टहरा भत्काएपछि उनीहरु संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका हुन् । समितिले व्यवस्थापन नभएसम्म धर्ना नछाड्ने चेतावनी दिँदै आएको छ ।

समितिले डोजर आतंक बन्द, भत्काएका घर टहराको क्षतिपूर्ति, सोही स्थानमा व्यवस्थापन, शिक्षा स्वास्थ्यको व्यवस्था लगायतका माग राखेको छ । ती सबै माग लेखिएको कालो ब्यानर सहित उनीहरु धर्ना बस्दै आएका छन् ।
समुदायका अगुवा वसन्ती वादीले आफूहरु धर्ना बस्न बाहेक अन्य विकल्प नभएको बताइन् ।

‘हामीसित जग्गा जमिन केही छैन, मजदुरी गरी गुजारा गर्दै आएका छौ, हाम्रो टहरा भत्काई दिएपछि हामीसित अन्य जाने कुनै बाटो छैन’ उनले भनिन्,‘माग पूरा नभएसम्म कही पनि जाँदैनौै, मरे पनि यही मर्न चाहन्छौ, केही छैन ।’

होटेल ओपेरा नजिक नगर विकास समितिको जग्गामा वादी समुदायका ३० परिवार बर्षाैदेखि बस्दै आएका छन् । भीमदत्त नगर विकास समितिले गत वर्ष उनीहरुलाई टहरा छाड्न सूचना गरेका थियो ।

भीमदत्त नगरपालिकाको अतिक्रमण हटाउने अभियानमा बस्ती छाड्ने सूचना गरिए पनि उनीहरुलाई हटाएको थिएन ।
भीमदत्तले अतिक्रमण हटाउने अभियान बन्द गरेपछि यस वर्ष डोजर लगाएर वादी समुदायको बस्ती खाली गरिएको छ ।
भीमदत्तको नगर प्रहरीले उनीहरुलाई सरसमान बाहिर ल्याउन नदिएर टहरामा डोजर लगाएको थियो ।

अधिकाँश टहरामा वासिन्दा मजदुरीका लागि घर बाहिर भएका बेला उनीहरुका टहरामा डोजर लगाइएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयको बजेटबाट पार्क बनाउन वादी समुदायका टहरा भत्काएको जवाफ भीमदत्त नगरपालिकाले दिँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...