ghar sansar

कञ्चनपुरका नयाँ एसपी खत्रीले देखाए तस्करीमा नियन्त्रणमा सक्रिय हुने संकेत, सात दिनमै समातियो लाखौं मूल्यको अवैध समान

khasi

महेन्द्रनगर । कञ्चनपुरका नयाँ प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले तस्करी नियन्त्रण प्राथमिकतामा राख्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हाजिर भएपछि खत्रीले अवैध समान बरामदमा देखाएको सक्रियताले उनी तस्करी नियन्त्रणलाई प्राथमिकता दिने संकेत देखिएको हो । 

प्रहरी कार्यालयमा हाजिर भएपछि एक साताको अवधिमा उनले लाखौं रुपैँयाको भन्सार छलीको समान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस अवधिमा २१ लाख १६ हजार बढी मूल्यको अवैध समान बरामद गरिएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध सामा बरामद गरेको हो । बरामद समान भन्सार कार्यालय पठाइ सकेको छ । 

एसपी खत्रीले बरामद समानमा खाद्यान्न सहित अन्य समान रहेको जानकारी दिए । खुला सीमाका कारण भारतीय सीमावर्ती सहरबाट भन्सार छलीको समान आउने गरेको छ ।

कञ्चनपुरमा ब्रह्मदेबदेखि डोके बजारसम्म भारतसित खुला सीमा क्षेत्र जोडिएको छ । कञ्चनपुरमा गड्डाचौकी बाहेक अन्य भन्सार नाका छैन । बेलौरी र दोधारा चाँदनीमा छोटी भन्सार पुनः सञ्चालनमा आएका छन् । सशस्त्र द्वन्द्वका कारण जिल्ला नाका छोटी भन्सार बन्द भएका थिए ।

खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती क्षेत्रबाट वर्षौदेखि भन्सार छलीको समान आउने गरेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएका छन् । 

एसपी खत्रीले प्रहरी कार्यालयमा आयोजित पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा आफूले एक सातामा गरेको कार्य प्रगति, जिल्लाका सुरक्षा चुनौती र आगामी योजनाबारे जानकारी दिए ।

dirghayi clinic

उनले तस्करीलाई कञ्चनपुरको प्रमुख सुरक्षा चुनौतीको रुपमा आफ्नो प्रस्तुतिमा राखेर सुनाए । 

खुला सीमा नाका कारण चोरी तस्करी हुने भएकाले त्यसलाई नियन्त्रणका लागि प्रभावकारी रुपमा सुरक्षा परिचालन गरिने उनले बताए ।

खत्री अघि जिल्ला प्रहरी कार्यालयमा चक्रराज जोशी प्रमुख थिए । जोशीले पनि आफ्नो कार्यकालमा तस्करी नियन्त्रणलाई प्राथमिकता दिएका थिए । एसपी जोशीले कार्यालयबाट विदा अघि पत्रकारहरुसित गरिएको कार्यक्रममा करोडौं रुपैँयाको समान बरामद गरी भन्सार कार्यालय पठाएको जानकारी गराएका थिए ।

जोशीपछि आएपछि नयाँ एसपी खत्रीले पनि तस्करी नियन्त्रणमा ध्यान दिएका छन् । खत्री बाणीस्थित दंगा गणबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका हुन् ।

एसपी खत्रीले एक सातामा अदालतको फैसिला कार्यान्वयनमा पनि ध्यान दिएका छन् । उनले सात दिनमा सात जना फरार प्रतिवादी पक्राउ गरी अदालत बुझाएका छन् ।

यस अवधिमा खत्रीले लागु औषध सहित दुई जना पक्राउ गरेका छन् । लागु औषध नियन्त्रणलाई प्राथमिकता दिइने खत्री बताउँछन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले कार्यालयमा लागु औषधका ११ मुद्दामा २३ जना अनुसन्धानका लागि हिरासतमा राखिएका छन् । 

खत्री आएको एक सातामै प्रहरी कार्यालयमा विभिन्न आरोपमा ४१ ठाडो उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी गालीगलौज र झैझगडाका १२ उजुरी छन् ।

Himal dental
सम्बन्धित
Loading...