ghar sansar

कञ्चनपुरका डिएफओलाई दलियो कालोमोसो, प्रहरीले खोज्दै मोसो लगाउने समूह

khasi

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमोसो दलिएको छ । सेवाग्राही भएर कार्यालय प्रमुख ठाकुरको कार्यकक्षमा प्रवेश गरेको समूहले बिहिबार दिउँसोे उनलाई कालोमासो दलेको हो ।

बिहिबार दिउँसो ४ जना अपरिचित व्यक्तीहरुको समुह उक्त कार्यालयमा आएको र कालोमसी जस्तो देखिने पदार्थ ठाकुरको मुखमा दलेर फरार भएका छन् ।

dirghayi clinic

उनीहरुको परिचय भने खुल्न बाँकी छ । प्रहरीले उनीहरुको खोजी थालेको छ । कञ्चनपुर प्रहरी प्रमुख खडक खत्रीले कालोमोसो दल्ने समूहको खोजी भइरहेको बताएका छन् ।

तर, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले भने ठाकुरलाई चेतावनी स्वरुप जनकार्वाही गरेको दावी गरेको छ । नेपाल (बहुमत) निकट सहायक संगठन कम्युनिष्ट युवा संगठन नेपालका केन्द्रिय सचिव दिपेन्द्र सिंह ऐरीले फेसबुकमा स्टाटस राख्दै ‘विगत लामोसमय देखि भ्रष्टाचारमा लिप्त रहेका डिभिजन वन कार्यालयका प्रमुख ठाकुरलाई चेतावनी स्वरुप जनकार्वाही गरेको’ उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कालोमोसो दल्ने समुहको खोजि भइरहेको जनाएको छ । डिएफओ ठाकुरले ब्रह्मदेबको विवाद समाधान गर्न नसकेको भन्दै आफूसित कुराकानी भई रहेको बेला कालोमोसो दलिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...