

महेन्द्रनगर । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग गरेका छन् ।
होटेल व्यवसायी संघ कञ्चनपुरले आयोजना गणतन्त्र दिवसको अवसरमा अनाथालयका गरेको फलफूल वितरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी ढकालले अनाथालयलाई मुढा सहयोग गरे ।
कार्यक्रममा उनले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई हस्तान्तरण गरे । प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो निवासबाट ती मुढा ल्याएर अनाथालयलाई दिएका हुन् ।


‘यी मुढा मेरो निवासमा प्रयोगमा आएका थिएन, यता प्रयोग हुन सक्छन् भनेर उपलब्ध गराए’ प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो मन्तव्यको क्रममा भने ।
अनाथालयमा १८ औं गणतन्त्र दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।
संघका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्रहरी उपरीक्षक खडक बहादुर खत्री, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, अनाथालयका अध्यक्ष लगायत सहभागी भए ।
संघका महासचिव नवराज जोशी कार्यक्रम सञ्चालन गरे ।
