ghar sansar

अनाथ बालबालिकामा एसपी खत्रीको ध्यान

khasi

महेन्द्रनगर । होटेल व्यवसायी संघ कञ्चनपुरले बिहीबार विहान समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफूल वितरण कार्यक्रम राखेको थियो ।

कार्यक्रममा समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक खडक बहादुर खत्री, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भए ।

कार्यक्रम सुरु अघि नै उनीहरु सबै उपस्थित भई सकेका थिए । उनीहरुमध्ये अधिकाँश अतिथि दीर्घामा गएर बसे । प्रहरी उपरीक्षक खत्री त्यहाँ नबसी बालबालिका बसेको ठाउँतिर आएर आए । अनि अनाथालयका प्रमुख दिवाकर भट्टको छेउतिर उभिए ।

प्रहरी उपरीक्षक खत्रीले भट्टसित अनाथालयका बालबालिका सम्बन्धि कुरा गरे । भट्टले उनलाई अनाथालयको अवस्था र बालबालिका सम्बन्धि जानकारी दिए । एसपी खत्री आफैंले पनि बालबालिकासित कुरा गरे ।

dirghayi clinic

बिहीबार १६ बालबालिका कार्यक्रममा सहभागी भए । अनाथालयमा २२ बालबालिका छन् । होटेल व्यवसायी संघका महासचिव नवराज जोशीले कार्यक्रम सुरु गरेपछि उनी मञ्चमा गएर बसे । मञ्चमा एसपी खत्रीले आशन ग्रहण गरे । त्यसपछि अन्य अतिथिझै उनले बालबालिकालाई फलफूल वितरण गरे ।

अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले सिडिओ एसपी लगायतका जनप्रतिनिधि एक साथ पहिलो पटक अनाथालयमा आएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयलाई मुढा सहयोग गरे । अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई हस्तान्तरण गरे ।

प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो निवासबाट ती मुढा ल्याएर अनाथालयलाई दिएका हुन् ।

‘यी मुढा मेरो निवासमा प्रयोगमा आएका थिएन, यता प्रयोग हुन सक्छन् भनेर उपलब्ध गराए’ प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो मन्तव्यको क्रममा भने ।

संघका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।

Himal dental
सम्बन्धित
Loading...