ghar sansar

धर्म जनता मावि स्टेशनपुरलाई वेष्टर्न कबड्डी लिग उपाधि

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरले वेष्टर्न कबड्डी लिग (डब्लुकेएल) उपाधि जितेको छ । वेष्टर्न पब्लिक एकेडेमीले आयोजना गरेको लिगको फाइनल खेलमा स्पोर्टस एकेडेमी हल्दुखालाई हराएर धर्म जनताले उपाधि जितेको हो ।

वेष्टर्न पब्लिक एकेडेमी स्कुलमा आइतबार भएको फाइनल खेलमा प्रतिस्पर्धा पूर्ण खेलमा ५९–५६ अंकले उपाधि धर्म जनताको पोल्टामा गएको हो ।

,orning glory badhai

फाइनल खेलको पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको धर्म जनताले दोस्रो हाफमा खेललाई बराबरी ल्याउँदै उपाधि हात पारेको छ ।

उपाधिसंगै धर्म जनताले नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्र पाएको छ । उप विजेता स्पोर्टस एकेडेमी हल्खुखाल नगद ८ हजार ५ हजार सहित ट्रफी र प्रमात्र पत्र पायो ।

प्रतियोगितामा नागार्जन इङ्गलिश बोर्डिङ्ग स्कुलले तेस्रो स्थान हासिल गरी नगद ४ हजार सहित ट्रफी र प्रमापत्र पत्र पाएको छ ।

dirghayi clinic

धर्म जनताका प्रधानाध्यापक हरिदत्त बागले उपाधि जितेपछि खुसी व्यक्त गरे । उनले खेलाडीहरुले दैनिक विद्यालयमा अभ्यास गर्दै आएको बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, विशिष्ठ अतिथि भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, वेष्टर्नका संस्थापक बिर्ख बहादुर मल्ल लगायतले विजेता टीमलाई नगद, ट्रफी र प्रमाण पत्र वितरण गरे ।

प्रतियोगितामा धर्म जनताका विजय महर मेन अफ दि सिरिज भए । स्पोर्टस एकेडेमीका कलम गिरी बेष्ट डिफेन्डर भए ।
१८ आंै गणतन्त्र दिवसको अवसर पारी कबर्ड हलमा प्रतियोगिता उद्घाटन गरिएको थियो ।

नेपाल कबड्डी संघका केन्द्रीय सचिव तर्कराज भट्टले प्रतियोगिता उद्घाटन गरेका थिए । समापन कार्यक्रममा विद्यालयका प्रिन्सिपल विवेकराज कलौनीको अध्यक्षतामा गरिएको छ ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बमको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, कबड्डी संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, विद्यार्थी सहभागी भएका छन् ।

विद्यालयका शिक्षक आभाष भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...