

महेन्द्रनगर । सत्तारुढ एमाले सम्बद्ध अखिल नेपाल महिला संघको भीमदत्त नगर अध्यक्षमा निर्मला जोशी चयन भएकी छन् । संघको मंगलबार संघको दोस्रो नगर अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।
उनी यस अघि संघमा उपाध्यक्ष थिइन् । अधिवेशनमा जोशी र गीता लामाछिानेले नेतृत्वको दावी गरेकी थिइन् । दुई जना दावीपछि छलफल गरी सहमतिबाट जोशी अध्यक्ष चयन गरिएको हो । लामिछाने नगर सचिव भएकी छन् ।

नगर अध्यक्ष जोशी भीनपा ११ र लामिछाने भीनपा १८ का हुन् । नगर कमिटी उपाध्यक्षमा माया पन्त जोशी, उप सचिव राधिका भाट र कोषाध्यक्ष मानमति भट्ट चयन भएका छन् । कमिटीमा गोमती वाह, लक्ष्मी भण्डारी, गुमा गायल, गीता पन्त जोशी, लक्ष्मी जोशी, निर्मला बोहरा, गीता थापा र राम कुमारी डगौरा सदस्य छन् ।

अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कमला भट्टको प्रमुख आतिथ्यमा एमाले पार्टी कार्यालयमा अधिवेशन गरिएको छ । अधिवेशन उद्द्दघाटन सत्रको अध्यक्षता निवर्तमान अध्यता गीता ओलीले गरेकी थिइन् । कार्यक्रममा संघका केन्द्रीय सदस्य चिनी गिरी बिशिष्ट अतिथि थिइन. ।
उद्घाटन कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य महेश पन्त, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, कलसा महरा, एमाले कञ्चनपुर उपाध्यक्ष जनक राज अवस्थी, जिल्ला सचिव पल्लवराज भट्ट, उप सचिव राजिब खड्का, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द लगायत नेताहरु सहभागी भएका छन् ।
