

महेन्द्रनगर । झण्डै दुई साता अघि जेठ ९ गते बेदकोट नगरपालिका ९ का धिरेन्द्र खत्री बुटलवलबाट घर फर्किदै थिए । उनी सकुशल घर पुग्ने आशमा गाडी चढे । घर पुग्न सकेन खत्री । खत्रीले घर परिवारलाई आफू अस्पताल पुगेको दुःखद खबर सुनाए । अस्पतालमा जाँच गराए । चिकित्सकले शल्यक्रिया गर्नु पर्ने सुझाव दिएपछि फेरि घर परिवारसित सल्लाह गरे । घर परिवारले महेन्द्रनगर आएर शल्यक्रिया गर्न सल्लाह दिएपछि उनी फर्किए ।
पूर्व पश्चिम राजमार्गमा सवार गाडीको ढोकाबाट लडेर बिच बाटोमै घाइते भएपिछि खत्रीलाई कोहलपुर मेडिकल कलेज लगिएको हो । मेडिकल कलेजमा एमआरआई गरिएको थियो । एमआरईमा उनको मेरुदण्ड ढाड टुटेको देखिएको थियो ।
घर परिवारले उनलाई कोहलपुरबाट महेन्द्रनगर आएर मन्त्र हस्पिटलबाट शल्यक्रिया गर्न सुझाव दिए । त्यसपछि उनी जेठ ११ गते कोहपुर मेडिकल कलेजबाट डिस्चार्ज भएर मन्त्र हस्पिटल आएका हुन् ।
मन्त्र हस्पिटलमा खत्रीको मेरुदण्डको ढाडको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका हाड जोर्नी रोग विशेषज्ञ डा. दुर्गेश चौधरी नेतृत्वको चिकित्सक टोलीले खत्रीको शल्यक्रिया गरेको हो । टोलीमा चौधरी सहित अस्पतालका डाक्टहरु केशव भट्ट, डा. मुकेश गामी लगायत सहभागी थिए ।
‘यो शल्यक्रिया कञ्चनपुरको इतिहासमा पहिलो पटक हो, हाम्रो टीमले मेरुदण्डको ढाडको सफल शल्यक्रिया गरेको छ’ मन्त्र हस्पिटलका निर्देशक डा. गोबिन्द रोकायाले भने ।
डा.रोकायाका अनुसार खत्रीको एमआर गर्दा मेरुडण्डको ढाड भाँचिएको देखिएपछि घर परिवारसित सल्लाह गरी मन्त्रमा ल्याइएको हो । ‘वहाँका आफन्तले मन्त्र अस्पताल एण्डरिसर्च सेन्टरमा देखाउन भन्नु भएछ, त्यसपछि जेठ १२ गते अस्पताल ल्याइएको हो’ उनले भने ।

शल्यक्रियापछि खत्री स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालका निर्देशक रोकायाले बताए ।
ट्राफिक चोक नजिक तीन वर्ष अघि मन्त्र हस्पिटल सञ्चालनमा आएको छ । हस्पिटलले शैय्या थपका लागि प्रक्रिया अघि बढाएको छ ।
अस्पतालमा दैनिक रेडियोलोजी विषेशज्ञद्धारा अल्ट्रासाउण्ड प्रविधिबाट शरिरका भित्री अंग र त्यसमा देखिएका समस्याको सफल उपचार तथा परामर्श सेवा प्रदान हुँदै आएको छ ।
कलेजो, मृगौला, पित्तथैली, पाठेघरको समस्या, एपेनस्कि, थाईराईड, कलर डपलर लगायतका समस्याको उपचार अस्पतालमा हुँदै आएको छ ।
अस्पतालमा एनआईसियु सेवा, नवजात शिशु तथा बालरोग सम्बन्धि सेवा, बच्चाहरुका लागि सघन सेवा, एनआइसियु, पिआईसियु, एसएनसियु सेवा दन्त सेवा, फिजियोथेरापी सेवा, मुख अनुहार तथा बंगरा सेवा लगायतका सेवा दिइने गरिएको छ ।
अस्पतालमा पेट, मुटु छाती विशेषज्ञ जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, हड्डी तथा नशा रोग, महिला तथा प्रसुती सेवा, अल्ट्रासाउण्ड सेवा छन् । नाक,कान,घाँटी दन्त सेवा , मुख, अनुहार तथा बंगरा रोगको पनि उपचार हुने गरेको छ ।
यसैगरी अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, ईन्डोस्कोपी सेवा, ईको, पिटिए, माईनर तथा मेजर शल्यक्रिया लगायतका सेवा सञ्चालन हुुँदै आएको अस्पतालका निर्देशक रोकायाले बताए ।
