ghar sansar

भीमदत्त नगर विकास समितिको इन्जिनियर पदपूर्तिको विज्ञापन भाइरल, मुछिए गृहमन्त्री लेखक समेत

khasi

महेन्द्रनगर । भीमदत्त नगर विकास समितिले सिभिल इन्जिनियर पदपूर्तिका लागि सार्वजनिक गरेको सूचना सामाजिक सञ्जाल फेसकुबमा भाइरल भएको छ ।

नगर विकास समितिले जेठ ९ गते करार सेवामा सिभिल इन्जिनियर पदपूर्तिका लागि स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेको थियो ।

नगर विकास समितिको सार्वजनिक सूचनामा इन्जिनियरका लागि मागिएको योग्यता र कार्य अनुभवलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा उत्तीर्ण वा सो सरह उत्तीर्ण गरी अधिकृत स्तर छैठौंबाट सेवा निवृत्त भएको हुनु पर्ने योग्यता सूचनामा मागिएको छ ।

स्थानीय तह १० वर्ष कार्य अनुभव भएको हुनु पर्ने र सरकारी सेवाबाट सेवा निवृत्त हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
सरकारी सेवाबाट सेवा निवृत्त र डिप्लोमा तहको शैक्षिक योग्यतालाई लिएर नगर विकास समिति व्यापक आलोचनामा परेको छ ।

इन्जिनियर पदपूर्ति सूचनाको आलोचना गर्नेमा सत्तारुढ एमालेका नेता कार्यकर्ता समेत छन् । पदपूर्ति सूचनामा गृहमन्त्री रमेश लेखक समेत मुछिएका छन् ।

गृहमन्त्री लेखकको योजानमा पदपूर्ति अघि बढेको आरोप उनीहरुको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि समितिका इन्जिनियर मोहनदेब भट्ट निलम्बनमा परेका थिए ।

इन्जिनियर भट्ट निलम्बनमा परेपछि समितिका कामकाजका लागि करार सेवामा इन्जिनियर पदपूर्तिका लागि विज्ञापन गरिएको हो ।

नगर विकास समितिमा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी अध्यक्ष छन् । नगरपालिकाले नगरपालिकाका सेवा निवृत्त कर्मचारीलाई नगर विकास समितिको इन्जिनियर नियुक्त गर्न सूचना अनुसारको योग्यता माग गरिएको आशंका सामाजिक सञ्जालमा गरिएको छ ।

dirghayi clinic

नगर विकास समितिका सदस्य सचिव एबम् भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले नगर विकास समितिमा अनुभव भएका इन्जिनियर चाहिएकाले योग्यता तोकेर सूचना गरिएको बताए ।

‘नगर विकास समितिमा अनुभव भएको इन्जिनियर चाहिएको हो, त्यसका लागि यो सूचना प्रकाशित गरी करार सेवाबाट पूर्ति गर्न खोजेका हौ’ उनले भने ।

सार्वजनिक सूचनाको गलत अर्थ लगाएर आलोचना  गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले बताए ।

‘डिप्लोमा उत्तीर्ण गरी बढुवा भएर इन्जिनियर भएका छन्, इन्जिनियरको योग्यता त बिई हो, यो हामीलाई थाह नै छ, हामीलाई नगर विकास समितिमा कामकाज गर्न अनुभव भएको मान्छे चाहिएको हो,’ उनले भने,‘यो न्यूनतम योग्यता हो, आवेदन दिन त जसले नि पाइ हाल्छ नि ।’

नगर विकास समितिका इन्जिनियर निलम्बनमा परेपछि समितिका योजना कार्यान्वयनमा समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत बमको भनाई छ ।

चालु आर्थिक वर्षमा केही योजना भुक्तानी लगायतका कार्यका लागि करारमा इन्जिनियर नियुक्त गर्ने प्रक्रिया थालिएको उनले बताए ।

अहिले भीमदत्त नगरपालिका इन्जिनियर जयराज भट्टलाई समितिको कामकाज हेर्ने जिम्मेवारी दिइएको छ ।

नगरपालिकाका अन्य इन्जिनियरहरुले भने समितिको कामकाज गर्न अनिच्छा देखाएको बताइन्छ ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बम आफैंले पनि नगरपालिकाका इन्जिनियर समितिका कामकाज गर्न डराएको बताए ।

समितिको सार्वजनिक सूचना अनुसार कर्मचारी नियुक्त प्रक्रिया अघि बढ्ने बमले बताए । नगर विकास समितिले असार मसान्तसम्मका लागि करारमा नियुक्त गर्न लागेको हो । समितिले अन्तरवार्ता गरी करार इन्जिनियर छनौट गर्ने सूचनामा उल्लेख गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...