ghar sansar

पचुई प्रहरी चौकी इन्चार्ज चन्दमाथि कुटपिट गर्ने गिरोहका राना पक्राउ

khasi

महेन्द्रनगर । बेलौरीको पचुई प्रहरी चौकीका असई बीर चन्दलाई लछारपछार गर्दै कुटपिटमा संलग्न गिरोहका एक जना पक्राउ परेका छन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कलकत्ता बजारका हार्डवेयर व्यवसायी राहुल रानालाई पक्राउ गरिएको हो ।
केही दिन अघि रानाले भारतीय सीमावर्ती सहरबाट अवैध रुपमा ल्याएका हार्डवेयरका समान प्रहरीले बरामद गरेको थियो । त्यहीं रिसले उनले मदखादको विषयमा विवाद भएपछि स्थानीयलाई उक्साएर असई चन्दमाथि दुव्र्यवहार गर्र्दै कुटपिट गरेका थिए ।

असई चन्दमाथि हातपात गर्ने रानालाई मंगलबार पक्राउ गरिएको छ। अन्यको पनि खोजी भइरहेको छ । ‘घटना के हो ? र कसरी भयो यसबारेमा अध्ययन भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘भिडियोमा देखिएका मुख्य व्यक्तिलाई पक्राउ गरिएको छ, अन्यको पनि खोजी भइरहेको छ ।’

Himal dental
सम्बन्धित
Loading...