ghar sansar

महाकाली यातायात बहुउद्देश्यीय कम्पनिको दोस्रो साभारण सभा सुरु, याताायत व्यवसायी महासंघका अध्यक्ष स्वाँरले गरे उद्घाटन

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनि प्रा.लि. को दोस्रो साभारण सभा एबम् अधिवेशन सुरु भएको छ ।
भानु प्यालेशमा बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले साधारण उद्घाटन गरे ।

उनले यातायात व्यवसायी सवारी दुर्घटनाका कारण सबैभन्दा बढी मारमा पर्दै आएकाले बीमा र उपचार खर्च व्यवस्थित बनाउन महासंघले पहल गर्र्दै आएको उल्लेख गरे । ‘बीमा पोलिसी चेन्ज गर्नु पर्छ भनेर कमिटी बनेको छ,’ उनले भने ।

उनले दुर्घटनाका लागि ७ लाख बीमा र उपचार खर्च वापत ५ लाख दिनु पर्ने माग आफूहरुको भएको बताए । महासंघका स्वर्गिय पूर्व अध्यक्ष दिनेश भण्डारीलाई उनले स्मरण गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात क्षेत्रमा महासंघका पूर्व स्वर्गिय अध्यक्ष दिनेश भण्डारीको योगदान अतुलनीय र स्मरण भएको उल्लेख गरे । उनले भण्डारीलाई बिर्सने व्यवसायीको व्यवसाय ध्वस्त हुने बताए ।

कार्यक्रममा महासंघका कानुनी सल्लाहकार सहित पदाधिकारी, व्यवसायी खगे श्वर बोहरा, महाकाली यातायात बहुउद्देश्यीय कम्पनिका सल्लाकार गोपाल भण्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शुभकाममना मन्तव्य राखे ।

कम्पनिका अध्यक्ष डम्बरराज पन्तको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रममा अध्यक्ष पन्तले स्वागत मन्तव्य राखे ।

dirghayi clinic

उद्घाटन कार्यक्रममा महाकाली यातायात बहुउद्देश्यीय कम्पनिले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । यसैगरी अनाथालय र वृद्धाश्रमलाई सहयोग गरेको छ ।

समाज कल्याण बाल अञ्चल अनाथालयलाई एक लाख ४७ हजार ८ सय २४ रुपैँया सहयोग गरिएको छ । बेदकोट नगरपालिका ८ स्थित बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्र र भीनपा ५ वनखेतको महिला तथा वृद्ध सेवा केन्द्र दुबैलाई ५०÷५० हजार सहयोग गरिएको छ ।

अनाथालयका अध्यक्ष दयाकृष्ण जोशी र बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष मोहन चन्दले सहयोग रकम ग्रहण गरे ।

कार्यक्रममा सिप्रिदि टे«डिङ्ग, आइएमई मोर्टस, युनाइटेड ट्रेडर्स, सगरमाथ लुम्बिनी इन्स्यारेन्स लगायतलाई सम्मान गरिएको छ ।

साधारण सभा कार्यक्रमका संयोजक एबम् कम्पनीका उपाध्यक्ष विष्णु कँडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे ।

उनले बिहीबार विहान ८ बजेदेखि भानु प्यालेशमा बन्द सत्र सुरु हुने जानकारी दिए । बन्द सत्रपछि नयाँ समिति चयन प्रक्रिया अघि बढ्ने बताइएको छ । 

कम्पनीका सचिव देवराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । 

सरकार समितिले खारेज गरेपछि तत्कालिन महाकाली तथा सेती यातायात वस व्यवसायी समिति महाकाली यातायात बहुउद्देश्यीय कम्पनिमा रुपान्तरण भएको थियो । अहिले कम्पनीमा ५ सय सवारी साधन सञ्चालनमा छन् । 

Himal dental
सम्बन्धित
Loading...