

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्लाफाटा नगरपालिका ११ स्थित कलुवापुरमा भित्री सडकबाट राजमार्गतर्फ आइरहेको म १ क २३३ नम्बरको टिपरले मुख्य राजमार्गमा मधेस प्रदेश ०३०३७ व २१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सोही ठाउका ३० वर्षीय वीरेन्द्र थापाको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक थापालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ ।
चिकित्सकले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी ) सागर बोहराले बताउनुभयो । प्रहरीले टिप्पर चालक शुक्लाफाटा नगरपालिका –१० का ३० वर्षीय सुरज रानालाई नियन्त्रणमा लिएको छ ।
