ghar sansar

विद्यार्थीमैत्री बजेट ल्याउँछौ – वडा अध्यक्ष चन्द

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष प्रकाश चन्दले आगामी आर्थिक वर्षको लागि विद्यार्थीमैत्री बजेट ल्याउने बताएका छन् । उनले विद्यार्थीले देश र समाजलाई विकसित र समुन्नत बनाउन सक्ने भएकाले सरकारले विद्यार्थी र युवालाई लक्षित गरी बजेट ल्याउनु पर्नेमा जोड दिए ।

‘यो एकदमै राम्रो कार्यक्रम हो, यसबाट विद्यार्थीले सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान सीप प्रदर्शन गर्न सक्छन्, यस्ता कार्यक्रमलाई निरन्तरता दिइनु आवश्यक छ’ शान्ति निकेतन माध्यमिक विद्यालयले आयोजना गरेको गणित तथा विज्ञान प्रदर्शनी उद्घाटन कार्यक्रममा उनले भने,‘वडाले यस वर्ष विद्यार्थीमैत्री बजेट ल्याउँछ ।’

dirghayi clinic

केही महिना अघि भएको उप निर्वाचनमा निर्वाचित वडा अध्यक्ष चन्दले गणित र विज्ञानको महत्व समाज र जीवनमा सबैभन्दा बढी भएको उल्लेख गरे । गणितलाई अप्ठेरो विषयमा रुपमा लिइने गरिएइको भए पनि अहिले यसतर्फ आकर्षण बढेको वडा अध्यक्ष चन्दले बताए ।

शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्टको अध्यक्षतमा कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालयका प्रमुख गोपालदत्त जोशी कार्यक्रमका प्रमुख अतिथि थिए । उद्घाटन कार्यक्रममा शान्ति निकेतनका प्रधानाध्यापक पुष्पराज ओझाले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता उजागार गर्नका लागि प्रदर्शनी गरिएको छ ।

सुुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयको सहयोगमा प्रदर्शनी गरिएको छ । विद्यालयले गत वर्ष पनि प्रदर्शनी आयोजना गरेका थियो ।

प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न नमूना प्रदर्शनमा राखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...