

महेन्द्रनगर । १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिका ३ तिलकपुरका १३ वर्षीय सुदर्शन डगौरा घरमै शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दिउँसो घर आँगनमा बालकलाई छिमेकीले सुतेको अवस्थामा भेटाएका थिए ।
शुक्रबार विद्यालय नगएका ती बालक बिउझाउँदा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । ती बालकको घरमा आमा मात्रै छिन्। ती पनि मानसिक अस्वस्थ र बोल्न नसक्ने छिन्। मजदुरी गर्ने बुवा बिहीबारदेखि घर आएका छैनन् ।
तीन दाइ पनि घरमा छैनन् । कामको शिलशिलामा बाहिर छन् । अहिले पोष्टमार्टमका लागि शव महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
