ghar sansar

भृकुटी माविमा मेयर अन द स्पट कार्यक्रम अन्र्तगत निङ्गलाशैनी सहकारीको निःशुल्क स्वास्थ्य शिविर

khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मेयर अन द स्पट कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिकाको सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा स्वास्थ्य शिविर गरिएको छ ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकको अध्यक्षतामा गरिएको कार्यक्रम भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले उद्घाटन गरे ।

Anant bahu travels

उद्घाटन कार्यक्रममा अवस्थी प्रमुख र नेपाल नेत्र ज्योती संघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य करुणकर भट्ट विशिष्ट अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता अवस्थीले शुभकामना मन्तव्य दिदै निङ्गलाशैनी सहकारीले आर्थिक गतिविधि चालायमान गर्नुका साथ साथै कृषि र जडीवुटीमा उल्लेख्य कार्य गरेको र निङ्गलाशैनी सहकारी संग आगमीदिनमाशिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका सहकार्य गर्न ईच्छुक रहेको बताए ।

यसैगरी कार्यक्रममा नेपाल नेत्र ज्योती संघ सुदूरपश्चि मप्रदेश समिति सदस्य भट्टले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको स्वास्थ्यप्रति चासो लिई निरन्तर अभियान चलाएको कार्य प्रति सहाराना गरे ।

dirghayi clinic

संस्थाका प्रबन्धक बविता चन्द बमले कार्यक्रममा स्वागत मन्तव्य राखिन् । यसैगरी सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारीले आफ्ना सदस्य तथा नगरवासीका लागि स्वास्थ्य र दिर्घायुका लागि जडविुटी वितरण, योग कक्षा सञ्चालन , उच्च रक्तचाप, मधुमेश तथा मुटुरोग बिषयमा समय समयमा जन चेतना तथा जागरण अभियान सञ्चालनमा ल्याको जानकारी दिए ।

मेयर अन द स्पट कार्यक्रम अन्र्तगत आयोजना भएको स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा अजय भट्ट ,सुगर थाईराइड रोग विशेषज्ञ डा.कृष्ण ऐरि , प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भुमिका नायक, दन्त तथा गिजा रोग विशेषज्ञ डा. रोशन भट्ट, फिजियोथेरापिष्ट दिवस ठकुराठी, फिजियोथेरापिष्ट डा. अमितकुमार यादव, फिजियोथेरापिष्ट प्रज्वल जोशी लगायतले सेवा दिएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश रावल, सहकारीका सञ्चालक गणेश प्रसाद भट्ट, भावना के.सी., डा. लक्ष्मण सिंह ठगुना, भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री, लगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भए । शिविरमा पाँच सय बढीले जाँच गराएका छन् ।

    

Himal dental
सम्बन्धित
Loading...