

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका कालु सुनार श्रीमतीको हत्यार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले घरायसी झै–झगडा हुँदा ४८ वर्षीय श्रीमती जुना देवी सुनारको हत्यार गरेको अभियोग छ ।

५० वर्षीय कालु सुनारले शनिवार राति श्रीमतीको घाँटीमा च्यापेका थिए । उनकी श्रीमती जुनादेवी गम्भीर घाइते भएकी थिइन ।
जुनादेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ । कालु सुनारलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट पक्राउ गरिएको हो ।
