ghar sansar

आफ्नो वडामा शुन्य बजेट आएको भन्दै भीनपा १७ का वडा अध्यक्ष बुडाले दिए सुदूरपश्चिम सरकारलाई विशेष धन्यवाद

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम बुडाले आफ्नो वडामा बजेट विनियोजन नभएपछि सुदूरपश्चिम सरकार र कञ्चनपुर क्षेत्र नं. ३ का साँसदहरुलाई विशेष धन्यवाद दिएका छन् ।
सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्री भीमदत्त नगरपालिका ६ का हुन् ।

dirghayi clinic

काँग्रेस वडा सभापति समेत रहेका वडा अध्यक्ष बुडाले सामाजिक सञ्जाल फेसबुकबाट प्रदेश सरकार सहितलाई धन्यवाद दिएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा गृह मन्त्री रमेश लेखक, प्रदेश सभा सदस्यमा बेल बहादुर राना, प्रकाश रावल निर्वाचित भएका हुन् । यस बाहेक सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्की, काँग्रेस नेतृ मधुदेबी भारती, माया पन्त समानुपातिक साँसद छन् । उनीहरु सबै भीमदत्त नगरपालिकाका हुन् ।

Himal dental
सम्बन्धित
Loading...