

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षका लागि तीन जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
समितिका निवर्तमान अध्यक्ष डम्बरराज पन्त, निवर्तमान प्रशासान उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्टले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।


समितिको निर्वाचन असार ७ गते शनिबार हुन लागेको हो । समितिको कार्यालयस्थित निर्वाचन मण्डलको कार्यालयमा उम्मेदावारी दर्ता गरिएको हो ।
२०७४ पछि पहिलो पटक चुनाव हुन लागेको हो । सरकारले यातायात समिति खारेज गरेपछि समिति महाकाली यातायात बहुउद्देश्यीय कम्पनीमा रुपान्तरण गरिएको थियो ।
समितिले असार ३ गते कम्पनीको रुपमा दोस्रो वार्षिक साधारण सभा गरेको थियो । साधारणबाट समितिको असार ७ गते निर्वाचन तोकिएको हो ।
सर्वोच्च अदालतले यातायात समिति कम्पनीमा जानु नपर्ने फैसला गरेपछि यस वर्ष समितिको निर्वाचन हुन लागेको हो ।

