

महेन्द्रनगर । ११ वर्षपछि शनिबार महाकाली सेती यातायात व्यवसायी समितिको निर्वाचन हुन लागेको छ । यस अघि २०७४ मा समितिको निर्वाचन भएको थियो ।
सरकारले यातायात समिति विघटन गरी कम्पनीलाई लगेपछि महाकाली सेती यातायात व्यवसायी समिति महाकाली यातायात बहुउद्देश्यीय कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको थियो ।
सर्वोच्च अदालतले केही महिना अघि यातायात समिति कम्पनीमा जानु नपर्ने आदेश दिएको थियो । त्यहीं आदेशपछि जेठ २८ गते महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभाबाट असार ७ गते निर्वाचन गर्ने निर्णय गरिएको हो ।
साधारण सभा बन्द सत्रको निर्णय अनुसार शनिबार निर्वाचन हुन लागेको छ । निर्वाचनको सबै तयारी पूरा भएको समितिका कार्यालय प्रमुख मदन सिह क्षेत्रीले जानकारी दिएका छन् । समितिको अध्यक्ष सहित पदाधिकारी र सदस्य सबै पदमा निर्वाचन हुन लागेको हो ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष डम्बरराज पन्त सहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुमा निवर्तमान प्रशासन उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्ट अध्यक्षका उम्मेदवार छन् ।

वरिष्ठ उपाध्यक्षमा पदम सिह भाट र सुरेन्द्र प्रसाद अवस्थी उम्मेदवार छन् । भाट निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
समितिको प्रशासन उपाध्यक्ष गणेश बहादुर बम र देब बहादुर खड्का उम्मेदवार छन् ।
उपकार उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द र रमेश थापा उम्मेदवार छन् । उनीहरुमध्ये चन्द निवर्तमान समितिमा उपकार उपाध्यक्ष र थापा कोषाध्यक्ष थिए ।
महासचिवमा देबराज जोशी र गणेश बहादुर विष्ट उम्मेदवार छन् । उनीहरुमा जोशी निवर्तमान समितिका सचिव र विष्ट समितिका पूर्व महासचिव हुन् ।
बलराम पन्त र मधुसुदन जोशी समिति कोषाध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
पदाधिकारीमा अध्यक्षपछि प्रशासन सचिवमा सबैभन्दा बढी प्रतिस्पर्धी छन् । प्रशासन सचिवका लागि अमर सिह चौधरी, हिक्मत बहादुर कुँबर र होम पन्थी प्रतिस्पर्धी छन् ।
उपकार सचिवमा आनन्दराज जोशी र पुस्करराज जोशी चुनावी मैदानमा होमिएका छन् ।
समितिका ५ सदस्यका लागि ८ उम्मेदवार छन् । उनीहरुमा अम्बादत्त जोशी, दिपक केसी, देबेन्द्र बहादुर भण्डारी, भक्त बहादुर मल्ल, मिन राज पाण्डेय, मोहनदेब जोशी, सरोज कुमार पाठक र सुरेन्द्र सिह भण्डारी सदस्यका उम्मेदवार छन् ।
