ghar sansar

महाकाली सेती यातायात व्यवसायी समिति निर्वाचनमा मतदान जारी

khasi

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिको १७ औं कार्य समिति निर्वाचनमा विहानदेखि मतदान जारी छ ।

समितिको महेन्द्रनगरस्थित प्रधान कार्यालयमा विहान ८ बजेदेखि मतदान सुरु भएको हो । साँझ ४ बजेसम्म मतदान जारी रहनेछ । निर्वाचनमा ४ सय १९ मतदाताले मतदान गर्न पाउने छन् ।

२०७४ पछि समिति कम्पनीमा रुपान्तरण भएपछि निर्वाचन हुन सकेको थिएन । सर्वोच्च अदालतको परमादेशपछि महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभाबाट असार ७ गते निर्वाचन गर्ने निर्णय गरिएको थियो ।

समितिको अध्यक्षका लागि निवर्तमान अध्यक्ष डम्बरराज पन्त र पूर्व अधयक्ष नविन भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी निर्विरोध भएका छन् । वरिष्ठका अर्का उम्मेदवार पदम सिह भाटले उम्मेदवारी फिर्ता लिएपछि अवस्थी निर्विरोध भएका हुन् ।

प्रशासन उपाध्यक्षमा देब बहादुर खड्काले उम्मेदवारी फिर्ता लिएपछि गणेश बहादुर बम निर्विरोध भएका छन् ।

dirghayi clinic

उपकार उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द र रमेश थापा उम्मेदवार छन् । उनीहरुमध्ये चन्द निवर्तमान समितिमा उपकार उपाध्यक्ष र थापा कोषाध्यक्ष थिए ।

समितिको महासचिवमा देबराज जोशी र गणेश बहादुर विष्ट उम्मेदवार छन् । उनीहरुमा जोशी निवर्तमान समितिका सचिव र विष्ट समितिका पूर्व महासचिव हुन् ।

बलराम पन्त र मधुसुदन जोशी समिति कोषाध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

प्रशानस सचिवमा हिक्मत कुँबर निर्विरोध भएका छन् । प्रशासन सचिवका उम्मेदवार अमर सिह चौधरी र होम पन्थीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उपकार सचिवमा आनन्दराज जोशीले उम्मेदवारी फिर्ता लिएपछि पुस्करराज जोशी निर्विरोध भएका छन् ।

समितिका ५ सदस्यका लागि ८ उम्मेदवार छन् । उनीहरुमा अम्बादत्त जोशी, दिपक केसी, देबेन्द्र बहादुर भण्डारी, भक्त बहादुर मल्ल, मिन राज पाण्डेय, मोहनदेब जोशी, सरोज कुमार पाठक र सुरेन्द्र सिह भण्डारी सदस्यका उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...