

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा डम्बराज पन्तले अग्रतालाई निरन्तरता दिएका छन् ।

३ सय मत गणना हुँदा अध्यक्ष पन्तले १ सय ४३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नविन भट्टले १ सय ३६ मत ल्याएका छन् ।
अध्यक्षमा पन्त र भट्टको मतान्तर ७ मत मात्रै छ । अब ५० मत जति गणना हुन बाँकी छ । भट्टले पछिल्लो एक सय मत गणनामा पन्तसित मतान्तर घटाएका हुन् ।
