

महेन्द्रनगर । स्वास्थ्य प्रवद्र्धनका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीसंग कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यक्रम गरिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्यन निर्देशनालयले गरेको कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका प्रमुख डा. अर्जुन भट्ट, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी लगायत सहभागी भए ।
कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले स्वास्थ्य सेवाका विभिन्न विषयबारे प्रस्तुती राखे ।
कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका मेसु डा. भट्टले अस्पतालको सेवा प्रवाह सम्बन्धि जानकारी दिए ।
