ghar sansar

कृष्णपुरमा बैजनाथ बाल क्लबले मनायो अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस

little buddha academy
khasi

महेन्द्रनगर । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सन्देशमूलक ¥यालीसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

बैजनाथ बाल क्लबको अग्रसरतामा वडा कार्यालयको सहकार्यमा दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको ¥याली पहरियास्थित वडा कार्यालयमा पुगेर समापन भएको थियो ।

क्लबका उपाध्यक्ष अम्बादत्त जोशीका अनुसार झण्डै चार किलोमिटर लामो सो ¥यालीले समुदायमा लागुऔषधविरुद्धको सचेतना फैलाउने उद्देश्य लिएको थियो । “हामी बाल अधिकार र बाल संरक्षणमा सक्रिय छौं,” जोशीले बताए, “यो ¥याली हाम्रो अभियानको एक हिस्सा हो, जसले समाजलाई सुरक्षित, स्वस्थ र बालमैत्री बनाउने लक्ष्य बोकेको छ।”

उनका अनुसार वडालाई सन् २०२६ (वि.सं. २०८३) सम्ममा पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने योजना अघि सारिएको छ ।

dirghayi clinic

सोही सन्दर्भमा भोलि बिहान ७ बजे पुनः अर्को चरणको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तयारी भएको छ, जसमा कालीका माध्यमिक विद्यालयबाट सुरु भई उदय माध्यमिक विद्यालय बंक चोक हुँदै वडा कार्यालयमा समापन गरिनेछ।

¥यालीमा वडा नं. १ का जनप्रतिनिधिहरू, अस्थायी प्रहरी चौकी पहरियाका सुरक्षाकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले प्लेकार्ड, नाराबाजी तथा सूचना पम्प्लेटमार्फत लागुऔषधबाट टाढा रहन सबैमा आग्रह गरेका थिए ।

कार्यक्रममार्फत विशेषगरी किशोर–किशोरी, विद्यार्थी र युवावर्गलाई लक्षित गर्दै लागुऔषधको नकारात्मक असरबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएका छन् ।

कृष्णपुर–१ मा आयोजित यो सचेतनामूलक ¥याली केवल एक औपचारिक गतिविधिमा सीमित नभई, बालमैत्री समाज निर्माणतर्फको प्रतिबद्धताको संकेत स्वरूप देखा परेको छ ।

बाल अधिकारको प्रवद्र्धन, युवावर्गको नेतृत्व विकास र समावेशी समुदाय निर्माणमा स्थानीय तहको यस्तो सहभागिता सराहनीय मानिन्छ। यसले लामो समयदेखि उपेक्षित बाल आवाज र सरोकारलाई प्राथमिकतामा राख्दै, स्थानीय शासनमा बालमैत्री योजना कार्यान्वयनको मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको सरोकारवालाहरु बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...