ghar sansar

शुक्लाफाँटामा एसइई नतिजा निराशाजनक, अनिरुद्रको उत्कृष्ठ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका भित्रका विद्यालयहरू बाट सहभागी भएका विद्याथीमध्ये ३६ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

९ सय जना सहभागी मध्ये ३ सय २६ विद्यार्थीले सफलता प्राप्त गरेका छन । उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा अनिरूद्र माध्यमिक विद्यालय वनसमिति छ। अनिरूद्रका ३७ विद्यार्थीहरूले एसइइ परीक्षा दिएका थिए जसमध्ये ३० जना उत्तीर्ण भएका छन् ।

नगर भित्रका १८ वटा विद्यालय मध्ये संस्थागत विद्यालयमा अनिरूद्र माध्यमिक विद्यालय र सामुदायिक विद्यालयहरूमध्ये धर्म जनता माध्यमिक विद्यालय रहेको छ ।

सामुदायिक विद्यालय तर्फको धर्म जनता माध्यमिक विद्यालयले ३५.४८ प्रतिशत नतिजा ल्याएको छ । धर्म जनताका ९३ एसइइ परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये ३३ जना उत्तीर्ण भएका छन् । यस्तै सामुदायिक तर्फकै शिवशक्ति माध्यमिक विद्यालय कालागौडीले पनि ४५ मध्ये १६ जना ३५.५६ प्रतिशत नतिजा ल्याएको छ ।

नगरका सामुदायिक विद्यालयहरूमा भने अपेक्षित सुधार देखिएको छैन १३ वटा सामुदायिक विद्यालयहरू मध्ये जम्मा ७ सय ९१ जना सहभागी भएका १ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन २६.८४ प्रतिशत मात्र हो ।

dirghayi clinic

सबैभन्दा कम नतिजा जनजागृति माध्यमिक विद्यालय गणेशपुरले ल्याएको छ। जहाँ ४४ जना सहभागीमध्ये ४ जना मात्र उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयहरूमा भने ७१.८९प्रतिशत नतिजा ल्याएको छ। संस्थागत तर्फका १ सय ८५ जना एसइइ परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये १ सय ३३ परीक्षार्थीहरू उत्तीर्ण भएका छन्। शुक्लाफाँटा नगरपालिकाभित्रका संस्थागत विद्यालयहरूमा सूर्योदय माध्यमिक विद्यालय बंन्साहामा २५ मध्ये १९ जना ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यस्तै चन्द्र सूर्य माध्यमिक विद्यालय झलारीमा २५ मध्ये १९ जना ६६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।, वेष्ट प्वाईन्ट झलारीका ५३ मध्ये ३७ जना ६९.८२ प्रतिशत र किड्स इन्टरनेसनल स्कुल झलारीका २८ मध्ये १९ जना ६७.८७५ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयहरूमा सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहामा ७१ मध्ये २० जना २८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् ।

राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा १०७ मध्ये ३७ जना ३३.६५ प्रतिशत, कालिका माध्यमिक विद्यालय अशैनामा २९ मध्ये ९ जना ३१.०३ प्रतिशत, शिवशंकर माध्यमिक विद्यालय गर्जुमिनीमा ४६ मध्ये ६ जना १३.०४ प्रतिशत, बैजनाथ माध्यमिक विद्यालय कसरोलमा ५३ मध्ये ८ जना १५.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कृष्ण माध्यमिक विद्यालय सिमलफाटाँका ४० मध्ये ९ जना २२.५ प्रतिशत, सिद्धनाथ माध्यमिक विद्यालय बेल्डाडीमा ५६ मध्ये १४ जना २५ प्रतिशत, असी ग्राम माध्यमिक विद्यालय सिसैयामा २८ मध्ये ८ जना २८.५७ प्रतिशत, कृष्ण माध्यमिक विद्यालय झलारीमा ३२ मध्ये ७ जना २१.८७ प्रतिशत र सरस्वती माध्यमिक विद्यालय अमरपुरमा ७५ मध्ये २३ जना ३०.६७ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

यस पटक देशै भर एसइइमा ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अघिल्ला वर्षको तुलनामा नतिजा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि मौका परीक्षा हुने जानकारी दिइएको छ।

Himal dental
सम्बन्धित
Loading...