

आरती कलौनी
महेन्द्रनगर । गत वर्ष ४ जीपिए ल्याएको महेन्द्रनगरस्थित ईन्टरनेशनल पब्लिक स्कुलको यस वर्ष निकै कम आएको छ । गत वर्ष सोमित कार्कीले इन्टरनेशनबाट ४ जीपिए ल्याएका थिए ।

यस वर्ष इन्टरनेशनका सुप्रित रावलले सबैभन्दा बढी ३ दशमलव ८३ जीपीए ल्याएका छन् । त्यसपछि हृदयमणी जोशीले ३ दशमलव ८० जीपीए ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा १ सय १४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
ग्रेड खस्किए पनि समग्र नतिजाले विगतलाई निरन्तरता दिएको छ । विद्यालयको तथ्याङ्क अनुसार ३६ विद्यार्थी एप्लस, ६० विद्यार्थी ए, १७ विद्यार्थी बि प्लस र १ जना बि ग्रेड ल्याएका छन् ।
२०८० मा इन्टरनेशन र कृष्णपुर नगरपालिकाको कञ्चनजङ्गा बोर्डिङ्ग स्कुलको विद्यार्थीको ४ जीपीए आएको थियो । २०८१ मा ती दुबै विद्यालयको नतिजा गत वर्ष भन्दा कमजोर आएको हो ।
प्रशिक्षार्थी पत्रकार
