ghar sansar

कृष्णपुरमा नमूना विद्यालयकै एसईई नतिजा उदेकलाग्दो, कल्याणपुरको सरस्वती माविबाट सबैभन्दा बढी ७० प्रतिशत उत्तीर्ण

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको नमूना माध्यमिक विद्यालयबाट एसईईमा २२ विद्यार्थी उत्तीर्ण भएका छन् । कृष्णपुर नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार महाकाली नमूना माध्यमिक विद्यालयबाट परीक्षा दिएका ७६ विद्यार्थीमा २२ जना उत्तीर्ण भएका छन् ।

यो २८ दशमलव ९ प्रतिशत हो । महाकाली माध्यमिक विद्यालय केही वर्ष अघि सरकारको नमूना विद्यालय घोषणा गरिएको थियो ।

dirghayi clinic

कृष्णपुरमा १३ सामुदायिक विद्यालय एइईमा सहभागी भएका थिए । ती विद्यालयमध्ये सबैभन्दा बढी कृष्णपुर नगरपालिका ६ कल्याणपुरस्थित सरस्वती माध्यमिक विद्यालयबाट ७० दशमलव ८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षमा दिएका २४ जनामध्ये १७ जना उत्तीर्ण भएका छन् ।

यसैगरी कञ्चन माध्यमिक विद्यालयले ५५ प्रतिशत र कृष्ण माध्यमिक विद्यालयले ४८ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...