ghar sansar

यी हुन् एसईइमा सबैभन्दा बढी विद्यार्थी पास गराउने बेदकोटका सामुदायिक विद्यालय

little buddha academy
khasi

महेन्द्रनगर । बेदेकाट नगरपालिकाका १२ सामुदायिक विद्यालयका ७ सय २१ विद्यार्थीमा २ सय १७ ले मात्रै एसइई उत्तीर्ण गरेका छन् । यसमा सबैभन्दा बढी भुवनेश्वरी माविका ५३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

सिसैयास्थित भुवनेश्वरी मावि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको नमूना विद्यालय छनौटमा परेको छ । एसईईमा भुवनेश्वरीका १ सय १७ विद्यार्थीमा ५३ उत्तीर्ण भएको प्रधानाध्यापक रण बहादुर दौल्ययाले बताए ।

,orning glory badhai

भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले अघिल्लो शैक्षिक सत्र भन्दा गतमा राम्रो नतिजा आएको र आगामी दिनमा पनि मेहनत गर्ने बताए ।

dirghayi clinic

यसैगरी जडेपानीको बैजनाथ मावि जडेपानीका १सय १८मध्ये ४३ विद्यार्थी र उदय मावि सुन्दरपुरका ८१ विद्यार्थीमध्ये ३१ विद्यार्थी उत्तीर्ण भएका छन ।

अघिल्लो शैक्षिक सत्र २०८०मा एक विद्यार्थी पनि उर्तिण गराउन नसकेको रत्न माविका ०८१मा १विद्यार्थी र बालज्योती बैतडाका ५ विद्यार्थी उर्तिण भएका छन ।

सिद्धनाथ मावि मुसेपानीका १४मा १ विद्यार्थी मात्रै उर्तिण भएका छन । सिद्ध बैजनाथ मावि बगुनका ३७मा ७, शारदा मावि दैजीका ५२मा १०, जनता मावि गाउजीका ४०मा २०, सरस्वती मावि धरपुरका ७२मा ३, घटाल मावि सुडाका ३९मा १९, बैजनाथ मावि गैलनदीका ५४मा २४ विद्यार्थी उर्तिण भएका छन । निजी तर्फ हरिचन्द्र प्रभाका सत प्रतिशत विद्यार्थी उर्तिण भएका छन । ९मध्ये ९ पुरै विद्यार्थी उर्तिण भएका हुन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज ्बोहरा शैक्षिक क्षेत्र गुणस्तर सुधारमा जोड दिएको बताउँदै आएका छन् । केही महिना अघि उनले आफ्नो तीन वर्षे कार्यकालको प्रमुख उपलब्धिका रुपमा शैक्षिक सुधार पनि भएको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...