ghar sansar

नेतृत्वको कार्यशैली विरुद्ध मुक्ति समाजमा चर्कियो असन्तुष्टि, ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

khasi

महेन्द्रनगर । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्यहरूको एक समूहले नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।

सातौँ राष्ट्रिय सम्मेलनबाट मुक्ति समाजको केन्द्रीय सदस्य बनेका उनीहरुले कार्यविभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा पार्टीको प्रदेश कमिटी सदस्य समेत रहेका लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लाल बहादुर बिक रहेका छन् । त्यसैगरी पार्टीको विभिन्न जिल्ला कमिटिमा समेत रहेका व्यक्तिहरु सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशिला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपालीले पनि राजिनामा दिएका हुन् ।

सम्मेलन पछिको दोस्रो बैठकका लागि सुदूपश्चिमका विभिन्न जिल्लाबाट काठ्माण्डौँ पुगेका उनिहरु राजिनामा दिएर जिल्ला फर्किएका छन् ।

dirghayi clinic

उनीहरुले पार्टीका ४ जना प्रदेश कमिटि सदस्य उपस्थित हुँदाहुँदै कञ्चनपूर जिल्ला कमिटि सदस्य रहेका भारमल सुनारलाई प्रदेश इन्चार्ज बनाएको प्रति आपत्ति जनाएका छन् । संगठनमा विद्यमान स्वेच्छाचारिता, एकल निर्णय प्रवृत्ति र पक्षपाती नेतृत्वशैलीप्रति विरोध स्वरूप राजीनामा दिएको उल्लेख गरेकाछन् ।

“संगठन सुदृढ बनाउने सन्दर्भमा गरिएको प्रारम्भिक सहमतिहरूलाई बेवास्ता गर्दै कार्यविभाजनमा कुनै सल्लाह र समन्वय नगरी एकपक्षीय निर्णय गरिएको छ । यो निर्णयका लागि न त प्रदेश नेतृत्वसँग समन्वय गरियो, न त अग्रज नेताहरु सँग छलफल गरियो ।”

उनिहरुको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।, संगठनको इन्चार्ज र अध्यक्षको कार्यशैली स्वेच्छाचारी, अधिनायकवादी पक्षपाती रहेको उनिहरुको आरोप छ । नेतृत्वले निर्णय नसच्याए अन्य केन्द्रीय सदस्य र सुदूरपश्चिमका ९ ओटै जिल्ला अध्यक्षहरुले समेत राजीनामा दिने तयारी गरिरहेको उनिहरुको भनाई छ ।

राजीनामा दिने व्यक्तिहरूले संगठनप्रतिको प्रतिबद्धता कायमै रहेको जनाउँदै नेतृत्वमा देखिएको व्यवहार र निर्णय प्रक्रियामा सुधार नभएसम्म जिम्मेवारी बहन गर्न नसक्ने बताएकाछन् ।

राजीनामा दिएका केन्द्रीय सदस्य दयालले यो घट्नाले मुक्ति समाजको आन्तरिक संरचना र नेतृत्वमा असहज परिस्थिति सिर्जना हुने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...