ghar sansar

सुसूचित गर्ने जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख अवस्थीको आग्रह

khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले पत्रकारहरुले सत्य तथ्य समाचार लेखेर सुसूचित गर्न पर्ने जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न पर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा अवस्थीले पत्रकारिताको धर्म बाहिर गएर हुने सूचना प्रवाहले अन्यौलको अवस्था देखिएको बताएका हुन् ।

‘कुन समाचार सत्य हो, कुन भ्रामक हो, सही गलत हो छुट्याउन मुस्किल छ’ उनले भने ।

dirghayi clinic

कार्यक्रममा प्रचार विभाग प्रमुख अवस्थीले प्रेस काउन्सिलका सदस्य काफ्ले कञ्चनपुरबाटै पत्रकारिता गरी पत्रकारिताको नियमन गर्ने सरकारी निकायमा पुग्न जिल्लाका लागि सुखद भएके उल्लेख गर्दै पत्रकारितालाई व्यवस्थित गरी सत्य तथ्य सूचना प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास आफूले दिएको बताए ।

कार्यक्रममा काउन्सिल सदस्य काफ्ले आफू मोफसलबाट पत्रकारिता सुरु गरी मूलधारमा पुगेको र काउन्सिल सदस्यको हैसियताले उनले पत्रकारिता व्यवस्थित बनाउन भूमिका निर्वाहन गर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, पत्रकार रनि विवश लगायतले धारणा राखे ।

चौतारीका जिल्ला अध्यक्ष मदन गिरीले अध्यक्षतामा गरेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर बोहराले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...